अमेरिकालाई यसरी दबाब राखेको छ साउदीले, के छ त्यस्तो शक्ति



हाम्रो इकोनोमि

 

साउदी अरबको शक्तिका बारेमा अघिल्लो व्याख्यानमा हामीले धार्मिक सांस्कृतिक आधारबाट चर्चा गर्‍यौं । त्यस आधारअनुसार साउदी अरबमा प्रहार हुँदा संसारभरीका डेढ अर्ब जति मुसलमान आफ्नो आस्थाको केन्द्रमा प्रहार भएको सम्झछन् ।

आज म साउदीको अर्को बलको स्रोतबारेमा बताउँदैछु । यो डलर र पेट्रोलियम पदार्थको सम्बन्ध हो ।

 

अहिले संसारमा जति पनि विदेशी निक्षेप छ, त्यो सबै डलरमा छ । पहिलो विश्वयुद्धपछि अमेरिकामा बैङ्क तथा वित्तीय क्षेत्रमा सङ्कट आएर आर्थिक सङ्कट आयो । त्यस घटनापछि मानिसहरूमा डलरप्रतिको विश्वसनीयतता घट्न थाल्यो । त्यो बेला डलरको विश्वव्यापी प्रभाव आइसकेको थियो ।

 

यस्तो भएपछि यसको विश्वसनीयता बढाउनको लागि तत्कालीन अमेरिकी राष्ट्रपति रुजबेल्टले ब्रिटेनउड प्रणाली लागू गरे । त्यसअन्तर्गत उनले डलरलाई सुनसँग निश्चित कन्भरटिबिलिटी हुने व्यवस्था गरे ।
एक डलर भनेको ३५ औँस सुन कायम गरिएको थियो ।

 

तर संसारको सबै देशको विदेशी सञ्चिती चाहिँ डलरमा हुने भएपछि उनीहरूले डलर त बेस्कन छाप्नुपर्यो नि । त्यति धेरै डलर छाप्दा त्यसलाई ब्याकिङ गर्न ठूलो मात्रामा सुनको रिजर्भ चाहियो ।

 

त्यसले एकतर्फ अमेरिकाको अर्थतन्त्रलाई धान्थ्यो भने सँगसँगै फेडरल रिजर्भको ठूलो हिस्सा कसको हातमा छ भने त्यहाँका धनी परिवारसँग विशेष गरी रुथचाइल्डहरूको हातमा थियो । फेडरल रिजर्भको ५८% सेयर रुथचाइल्डको हातमा छ ।

 

यसको मतलब फेडरल रिजर्भ बैङ्कमार्फत उनीहरूले बहुमूल्य धातु सङ्कलन गरिरहेका थिए र बदलामा हामीहरूको हातमा कागजको टुक्रा (डलर) थमाइरहेका थिए ।

 

यही कारण संसारको सबैभन्दा बढी सुनको सञ्चिती अमेरिकासँग हुन गएको हो ।

तर संसारमा व्यापार व्यवसाय बढ्दै जाँदा पैसाको माग पनि बढ्दै गयो । डलर र सुनलाई पेगिङ गरेर अब धान्न सकिँदैन भन्नेमा अमेरिका सरकार पुग्यो ।

 

अमेरिकाको मोनेटरी पोलिसी अर्थात डलरको मोनेटरी पोलिसी फेडेरल रिजर्भको नियन्त्रणबाट निकाल्नुपर्छ भन्ने पहिलो व्यक्ति अमेरिकी राष्ट्रपति केनेडी हुन् । त्यो कुरा बाहिर आउनासाथ केनेडीको के हालत भयो देख्नु भयो ।

 

त्यसपछि रिचर्ड निक्सनले एक राष्ट्रपतीय निर्देशनबाट ब्रिटेनउड प्रणाली खारेज गरिदिए र त्यसको सट्टामा ट्याग प्रणाली ल्याए ।

 

यसअन्तर्गत संसारको कुनै पनि सरकारले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर आफूलाई चाहिए जति पैसा छाप्छ ।

 

अब संसारको मुद्रा डलर, डलर छाप्ने सार्वभौम अधिकार भएको सरकार अमेरिकी सरकार भएपछि हामी भनेको उप–सार्वभौमसत्ता सम्पन्न राष्ट्रमा परिणत भयौँ ।

 

अमेरिकी सरकारको सार्वभौमसत्ताको अधिकार प्रयोग गरेर सार्वभौम मुद्रा छापिएको मुद्रा नै आज चीनको पनि सबैभन्दा ठूलो धमासको साधन हो, भारतको लक्ष्य पनि त्यही प्राप्त गर्ने हो । बाँकी देशहरूको पनि त्यही हो ।

 

यो फियाट प्रणाली भए पनि जति खेर निक्सनले यो लागू गरे त्यहाँको डार्क रेजिम जसलाई सफ्ट रेजिम पनि भनिन्छ, त्यहाँका अति सम्पन्नहरूलाई यसबाट चित्त बुझेको थिएन । यही कारण निक्सनले पनि के नियति भोगे देखिहाल्नु भयो । वाटरगेट भन्या खालि फल्स फ्लाग मात्र हो ।

 

उनले ब्रिटेनउड प्रणालीअन्तर्गत हाम्रा हातमा कागज थमाएर अमेरिकाको धनीहरूको हातमा सुन जाने कुराको अन्त्य गरिदिए त्यसको परिणती उनले भोगे ।

यसमा पछि राष्ट्रपति भएका फोर्डले केही सुधार गरे ।

म यो कुरा किन गर्दैछु भने अब साउदी अरब यसमा जोडिन्छ । त्यति खेर साउदी र इरान दुवैसँग अमेरिकाको राम्रो सम्बन्ध थियो । फियाट प्रणालीमा छद्म रूपमा डलरलाई पेट्रोलियम पदार्थसँग पेग गरिएको थियो ।

 

पेट्रोलियम पदार्थ भएका सबै राष्ट्रहरूले तेल डलरमा बेच्ने । फेरि तेल बेच्ने कम्पनीहरूमा कुनै न कुनै हिसाबमा अमेरिकी सम्पन्नहरूको लगानी हुने । तेल बेचेको पैसा अमेरिकामा लगेर राख्ने । त्यो डलरले अमेरिकी अर्थतन्त्र चल्ने ।

 

यी देशहरूको सुरक्षादेखि लिएर सारा कुराहरू अमेरिकाले प्रत्याभूत गर्यो । यसको ‘ल्याजनिङ्’ पनि पेन्टागनभित्रकै तत्वले मिलाए । अस्ति मैले भनेको पेन्टागनले ।

अब इरान उछिट्टिसकेपछि त डलरसँगको पेगिङमा साउदी अरबको ठूलो हिस्सा हुन थाल्यो ।

डलर अर्थतन्त्र अब साउदी अरबमा गएर निर्भर भयो ।

त्यही कारण साउदी अरब अत्यन्तै बलियो छ । डलरको अर्थतन्त्र साउदी अरबले नियन्त्रण गर्छ ।

यो फियाट प्रणाली भए पनि पेट्रोलियम पेगिङ मुद्रा हो ।

 

अब केही यसको विकल्पका लागि चाइना पनि छट्पटाइरहेको छ । ऊ गोल्डब्याकमा जानुपर्छ कि भन्नेछ । रसिया पनि छट्पटाइरहेको छ, ऊ द्विपक्षीय सम्झौता गरौँ न भनिराखेका छ ।

अब यसबाट धेरै छटपटाउँदा के हुँदो रहेछ भने– टर्की हुँदो रहेछ ।

 

टर्कीले आफ्नो भूमिमा अमेरिकी सैन्य आधार हुँदाहुँदै जब अमेरिकी रणनीतिक पार्टनरसिप छाडेर जब रसियासँग सहकार्य गर्न थाल्यो । सिरिया तथा धेरै मुद्दामा उनीहरूबीच सहकार्य भयो । टर्कीको भूराजनीतिक अवस्थिति भयङ्कर नै महत्वपूर्ण छ । जब राष्ट्रपति एर्दोगानले रसियासँग सम्बन्ध सुधारेर अघि बढेपछि फ्याट्टै कास्टा लागू गराइदिए ।

 

मैले केही ठाउँमा कास्टाको कुरा गरेको छु । अमेरिकी सिनेटले पास गरेको विधेयक हो कास्टा । योअन्तर्गत आफ्नो शत्रु राष्ट्र र उनीहरूसँग मिल्ने राष्ट्रहरूलाई पनि शत्रु राष्ट्र बराबर मानेर नाकाबन्दी लगाउन सक्ने भन्ने छ ।

 

यही कानुन लगाएर अमेरिकाले टर्कीबाट आयात हुने सामानहरूमा भन्सार बढाइदियो । परिणमत डलरको पूर्ति ह्वत्तै घट्यो । त्यसपछि टर्कीको मुद्रामा ह्रास आको छ, आको छ ।

 

यही अवस्था लामो समय रह्यो भने अमेरिकाले अर्दोगानलाई लखेट्नै पर्दैन, टर्किस जनता नै उनका विरोधी हुन्छन् । अहिले भेनेजुयलामा त्यो कुरा देखिराख्नु भएकै छ । अमेरिकासँगको दुस्मनीले भेनेजुयलाको मुद्रामा यति ह्रास आयो कि उसले मुद्रा नै हटाएर अर्को मुद्रा ल्याउनुप¥यो । त्यसले पनि उनीहरूको समस्या समाधान भएको छैन । अब अमेरिकाले केही गर्नैपर्दैन, त्यहीँका जनताले नै गर्नेछन् ।

 

साउदी अबरको शक्तिको अर्को स्रोत यो हो । यसमार्फत अमेरिकामाथि पनि उसको बलिायो प्रभाव छ । केहीअघि साउदीले अमेरिको छिमेकी क्यानडामाथि त्यत्रो दबाब दिइरहँदा पनि अमेरिका नबोल्नुका कारण यही हो । यसरी साउदी अरबको विश्वव्यापी प्रभाव बन्न गयो ।

 

फेरि अहिले साउदी युवराज मोहम्मद बिन सलमान यति उग्र छन् कि उनी जस्तै गरम नेता इरानमा पनि हुन्थे भने ठूलो स्तरको युद्ध सुरु भइसकेको हुन्थ्यो । धन्न इरानमा हाल नरम राष्ट्रपति छन् ।

 

यो क्षेत्रको मुख्य फ्लास पोइन्ट इरान नै हो । उसलाई देखाउनका लागि टर्की घानमा परेको हो । अब या त इरानको सत्ता परिवर्तन हुन्छ र अमेरिका परस्त शासन हुन्छ या त युद्ध हुने अवस्था हुन्छ । यो अहिले क्लाइमेक्सतिर गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...