लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै कैलाली २ सय ३९ किलो चरेश बरामद



 

भदै २० गते साँझ कैलाली प्रहरीले ६८ वर्षीय वृद्धा जलधारा शाहलाई पक्राउ गर्‍यो। उनको साथबाट प्रहरीले खैरो हेरोइन र चरेश बरामद गरेको थियो।कैलाली प्रहरीले उनलाई विशेष सूचनाको आधारमा लम्की चुहाँ नगरपालिकाबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक ग्राम खैरो हेरोइन र १९ ग्राम चरेश बरामद गरेको थियो।

 

प्रहरीका अनुसार उनी टीकापुर रोडमा सामान्य ठेलामा फलफूल बेचेर गुजारा गर्ने महिला हुन्। त्यसको एक दिनअघि भदौ १९ गते प्रहरीले कैलाली चुरे गाउँपालिका-५ निङलाडी बस्ने ३० को पूर्ण बहादुर धामीलाई लागुऔषध चरेशसहित पक्राउ गर्‍यो। प्रहरीले उनको साथबाट ८ सय ग्राम चरेश बरामद गरेको थियो। माथिका केही प्रतिनिधि घटनामात्र हुन्।

 

पछिल्लो समय कैलाली लागुऔषधको ट्रान्जिट बन्दै गएको छ। खुला सीमाका कारण लागुऔषध कारोबारीको रोजाइमा कैलाली परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरी वलीको भनाइ छ। वलीका अनुसार खुला सीमा नाकाबाट लागुऔषध ओसारपसार गर्ने सजिलो हुने हुँदा कारोबारीले कैलाली रोजेका हुन्।

 

पहाडी जिल्लाबाट उत्पादन हुने चरेश ठूलो मात्रामा भारत जाने गरेको र भारतबाट खैरो हेरोइन, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, अफिमलगायतका आगुऔषध नेपाल भित्रने गरेको प्रहरीको बुझाइ छ। यसरी लागुऔषध कारोबारमा समान्य ठेला व्यावसायीहरुको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ। सजिलै सीमा पारि पुर्‍याउन र पैसा नपाउने सजिलो बाटो देखेर लागुऔषध कारोबारमा उनीहरुको संलग्नता बढी पाएको डिएसपी वलीले जानकारी दिए।

 

तीन वर्षमा २ सय ३९ किलो चरेश बरामद कैलाली प्रहरीले पछिल्लो तीन वर्ष यता मात्रै २ सय ३९ किलो चरेश बरामद भएको छ। आर्थिक वर्ष ०७२/०७३ मा १६ किलो २०५ ग्राम ८३० मिलिग्राम चरेश बरामद गरेको थियो। त्यस्तै आर्थिक वर्ष ०७३/०७४ मा १३४ किलो ४०० ग्राम चरेश बरामत भएको थियो। गत आर्थिक वर्षमा कैलाली प्रहरीले ८७ किलो, ६४५ ग्राम चरेश बरामद गरेको हो।

 

तीन आर्थिक वर्षमा विभिन्न लागुऔ‍षध कारोबारमा संलग्न ८४ जनासमेत प्रहरीले पक्राउ गरेको छ। कैलाली प्रहरीको तथ्यांकअनुसार नेपालबाट उत्पादित चरेश भारत जाने र अन्य लागुऔषध नेपाल भित्रिने गरेका छ। प्रहरीका अनुसार तीन आर्थिक वर्षमा पक्राउ परेका मध्ये ६५ जना खैरो हेरोइनको कारोबारमा संलग्न देखिएको प्रहरीको भनाइ छ। दुर्व्यसनीको जालमा युवा जमात लागुऔषधको दुर्वयसनीको प्रभाव सबैभन्दा बढी युवायुवतीमा पर्ने गरेको छ।

 

प्रहरीको तथ्यांकअनुसार कैलालीमा लागुऔषध प्रयोग गर्नेहरूको संख्या एक हजारभन्दा वढी रहेको छ। त्यसमध्ये अधिकांश १६ वर्षदेखि २५ वर्षका युवायुवती रहेको प्रहरीको भनाइ छ। खुला सिमानाका कारण सजिलै लागुऔषध पाइने भएकाले पनि युवायुवती यसको दलदलमा फस्ने गरेको सेती अञ्चल अस्पतालका मानसिक तथा नशा रोग विशेषज्ञ डा.गणेश खड्काले भनाइ छ।

 

‘साथी भाइहरूसँग हुँदा लहैहलैमा नाइँ भन्न नसकेर यसको दुर्व्यसनीमा फस्ने गर्छन्, पछि चाहेर पनि निस्कन सक्दैनन्,’ डा.खड्काले भने। लागुपदार्थ सेवनकर्ताकै कारण चोरी, डकैती तथा लुटपाट हुने गरेका कैलाली प्रहरीको भनाइ छ। ‘विभिन्न अपराधमा पक्राउ परेकाहरु कुनै न कुनै दुर्व्यसनीमा फसेको पाइएको छ’ प्रहरी प्रवक्ता वलीले भने।

 

जिल्लामा लागुऔषध प्रयोगकर्ता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले लागुऔषध नियन्त्रणका लागि विशेष योजना ल्याउने जनाएको छ। ‘हामीले कानुनबमोजिम कारबाही गर्ने भनेका छौँ, कारबाहीसँगै जनचेतना पनि फैलाउने योजनामा छौँ’ प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने। प्रहरीका अनुसार लागुऔषध कारोबारमा अधिकांश भरिया मात्रै पक्राउ पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल