पूजा खत्रीले गरिबीको कारण विद्यालय नआउने प्रधानाध्यापकलाई लेखिन यस्तो पत्र



 

एक छात्राले आफनो  गरिवीको पीडा दर्शाउँदै अध्ययन गर्न नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेपछि उनको लागि सहयोगी हात जुट्दै गएका छन् । चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको हो ।

 

उनको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको बताइएको छ । तेह्रथुम घर भई हाल न्युयोर्क बस्ने हेम र माया थापाले पूजासहित चार भाइबहिनीलाई कक्षा १२ सम्म पढ्न सहयोग पुगोस् भनेर मासिक २५ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

 

त्यस्तैगरि, पूजाको खातामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार रुपैयाँ, बागलुङ घर भई हाल पोर्चुगलमा रहेका नेपाली व्यवसायी नरेन्द्र हमालले ५० हजार रुपैयाँ, कोरियामा रहेका म्याग्देलीको पहलमा ५० हजार रुपैयाँ, अस्टे«लियाको ब्रिसबेन चौतारीले ३० हजार रुपैयाँ, सत्यसाई केन्द्र काठमाडौंले २६ हजार २६० रुपैयाँ, पूर्वन्यायाधीश बलराम केसीले २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

 

त्यस्तै अमेरिकाबाट शोभा पाण्डेले २७ हजार ९ सय, बेलायतबाट इशा गुरुङले १ लाख व्यक्तिगतसहित साथीहरुबाट उठाएर कुल २ लाख ११ हजार, नागरिक दैनिकमार्फत १ लाख ९ हजार सात सय ९३, ललितपुर खुमलटार निवासी डा.हरिकुमार प्रधानले ६० हजार रुपैयाँ सहयोग गरेका छन्।

 

पूजालाई ५ सय रुपैयाँदेखि २ लाखसम्म सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार बुधबारसम्म ११ लाख १३ हजार रुपैयाँ पूजाको खातामा जम्मा भएको छ।

चार अभियुक्त कारागार चलान, नाबालकलाई सुधारगृह पठाइयो

बलात्कारी पछिल्लो समय बढेको सार्वजनीक भएसँगै प्रहरीको सक्रियता पनि बढेको पाइएको छ । प्रहरीले बलात्कारीलाई पक्राउ गरि मुद्धा चलान गरिरहेको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ ।

कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतले सोमबार चारै जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताउनुभयो । उहाँका अनुसार बालिका बलात्कारकै अभियोगमा पक्राउ परेका १४ वर्षीय नाबालकलाई भक्तपुरको सुधारगृहमा लैजान अदालतले आदेश दिएको छ ।

प्रहरीका अनुसार भदौ १४ गते अदालतले ती नाबालकलाई सुधारगृहमा पठाउने आदेश दिएको हो । ती नाबालकले गत साउन १४ गते ४ वर्षीय बालिकालाई बलात्कार गरेका थिए । थुनामा लगिएका ६८ वर्षीय मानबहादुर बानियाँले साउन २५ गते ९ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै थुनामा गएका निलमप्रसाद सङ्ग्रौलाले गत असार १० गते २३ वर्षीया महिलालाई बलात्कार गरेको भनी अभियोग लागेको छ भने पेमा तामाङ र बालकुमार घिमिरेले १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ ।

कामदारको किर्ते सहीले ७० करोडको मालिक सडकमा

धेरै वर्षदेखि आफूकहाँ राखिएको मान्छेलाई कामबाट निकाल्नुस्, भएभरको श्रीसम्पत्ति आफ्नो बनाएर हिँड््छ ! यस्तै एकजना चोरमाथिका चण्डाल फेला परेपछि कम्पनी रजिष्ट्रार कार्यालयका चारसहित गिरोहका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युुरो (सिआइबी) ले पक्राउ गरेको छ ।

 

पीडित हुन्, एकजना मारवाडी । व्यापार–व्यवसाय सबै नेपालमा, तर नागरिकता नभएका । व्यापार सुकेर चल–अचल सम्पत्तिसहित ७० करोडका मालिक थिए । त्यसअघि उनीसँग करिव तीन सय करोडको चल–अचल सम्पत्ति ।

 

पछि पत्ता लगाए, धेरै वर्षदेखि आफूकहाँ काम गर्न राखिएको मान्छेका कारण डुबेका रहेछन् । पहिला चप्पल पनि फाटेको लगाउँथे । हेर्दाहेर्दै एक करोडको गाडी चढ्ने भए । ब्रेकफास्टदेखि रातिको डिनरसम्म पाँच तारे घटीका होटलमा नलिने ।

 

मारवाडीचाहिँ व्यापार चौपट भएर नयाँ व्यवसाय थाल्ने कि इण्डियातिरै लाग्ने भन्ने चिन्तामा ।
यसैबीच, उनले आफ्नो व्यापारिक अधोगतिका कारण मानिने कामदारलाई कामबाट निकाले । तर, शीरदेखि पैतालासम्मका सबै रौँ, दाग चिनेका ती कामदारले पनि त्यत्तिकै किन छाड्थे र ! मारवाडीले विश्वास पनि कतिसम्म गरेका भने बैंकको चेकमा आफ्नो सही पनि तिनै कामदारले गरिदिन्थे ।

 

यस्ता विश्वासिला व्यक्तिलाई कामबाट निकालेपछि उनले मारवाडीसँग बाँकी ७० करोड सम्पत्ति रहेको कम्पनी, घर, जग्गा सबै आफ्नो बनाउन खोजे । त्यसका लागि कम्पनी रजिष्ट्रार कार्यालयका हाकिमदेखि लेखन्दाससम्मलाई पैसामै आफ्नो बनाए । साहुको सही आफैँ गर्थे ।
सम्पत्ति कहाँ, कुन र कति भन्ने सबै कण्ठ थियो ।

 

कम्पनी नामसारि भयो, साहुले थाहा पाएनन् । अघिपछि कर कार्यालयले कर ताकेता गथ्र्यो, यसपालि त्यसो पनि गरेन । डुबेको व्यापारी भनेर करले छाड्ने कुरा त आउँदैन ! किन यस्तो भयो भनेर उनी अचम्ममा परिरहेका थिए ।

 

तर, जब सतुंगल र बालुवाटारमा रहेको घर जग्गा अर्कोलाई बेच्ने गरी बैना गरियो, अनि फसे काम गर्ने विश्वासिला व्यक्ति । मालपोतबाट एकजना कर्मचारीले सतुंगलको जग्गा बैना गरे÷नगरेको बारे विश्वस्त हुन फोन गरेपछि उनी छाँगाबाट खसेझैँ भए । प्रहरी, प्रशासन सब गुहारे ।

 

त्यसपछि अज्ञात नम्बरका फोनबाट मार्ने, काट्ने र सन्तान नै नाश गरिदिनेसम्मका धम्की आउन थाले । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कम्पनी रजिष्ट्रारको कार्यालयमा ती मारवाडीको कम्पनी नामसारिसम्बन्धी अभिलेख खोज्यो । मारवाडीको सही प्रहरीले उनलाई देखायो । भने, ‘सही त मेरो हो, तर मेरो यस्तो सही फलानाले मात्र गर्नसक्छ । उसलाई कामबाट निकालिसकेँ ।’

 

यसपछि प्रहरीले मारवाडीका पहिलाका कामदारमात्र समातेन, कम्पनी रजिष्ट्रारको कार्यालयका दुईजना कम्प्युटर अधिकृतसहित शाखा अधिकृतहरु उमेशमान जोशी र नारायण पोखरेललाई नियन्त्रणमा लियो । उनीहरुले उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकायाको नाम पोलेका छन् ।

 

शाखा अधिकृत र कम्प्युटर अधिकृतहरु समातिएपछि उपसचिवहरु भागे । अहिलेसम्म फरार रहेको खबर जनआस्था साप्ताहिकमा छ । प्रहरीसँग हिरासतमा अहिले ६ जना व्यक्ति छन् । तीमध्ये चारजना कर्मचारी, एकजना मारवाडीकहाँ पहिला काम गर्ने व्यक्ति र अर्का त्यहीँका लेखन्दास ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल