अख्तियार प्रमुखमा घिमिरे सिफारिस, २०७६ चैत्रसम्म कार्यकाल रहने



हाम्रो इकोनोमि

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यवहाक आयुक्त नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको आज प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो ।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।

घिमिरे १९ चैत ०७१ मा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।

२०१२ भदौं २९ मा काठमाडौंमा जन्मिएका घिमिरेको कार्यकाल २०७६ चैत्रसम्म बहाल रहनु हुनेछ ।

आयोग ऐनअनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछन्, सोही अनुसार अवकाश पाउने ब्यवस्था छ।

निजामती कर्मचारीका रूपमा लामोसमय काम गरी गृह मन्त्रालयजस्तो विवादित स्थानमा रहँदासमेत स्वच्छ छबी बनाएका घिमिरेले पारदर्शिता र भ्रष्टाचारलाई कहिल्यै साथ दिएनन् ।

आयोगको आयुक्तको रूपमा पनि उनी कुनै विवादमा आएनन् ।

आर्थिक लाभतर्फ कहिल्यै नलाग्ने भएकै कारण घिमिरे विवादमुक्त बनेका हुन् ।

अख्तियारको नेतृत्व लिएसँगै उनले आमनागरिकमा आयोगप्रतिको विश्वास जगाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

आयुक्त र अख्तियार कर्मचारीलाई उनले सो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...