पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने युवकलार्इ १२ वर्ष जेल
उदयपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवकलार्इ १२ वर्षकाे जेल सजाय भएकाे छ।
जिल्ला अदालतले ती बालिकामाथि बलात्कार आरोप पुष्टि गर्दै हेमबहादुर कार्कीलाई १२ वर्ष जेल सजाय भएकाे हाे।
जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय कार्कीलाई १२ वर्ष कैदसहित रु ५० हजार जरिवानाको फैसला गरेको हो ।
बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए ।

