प्रश्नपत्र बाहिरिएपछि शिक्षाशास्त्र संकायको परीक्षा स्थगित



हाम्रो इकोनोमि

 

 

शिक्षा शास्त्र संकायको पहिलो सेमेष्टर अन्तर्गत मंगलबारकाे लागि ताेकिएकाे मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ ।

 

परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।

प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त गरेपछि शिक्षा शास्त्र संकायको डिन कार्यालयले परीक्षा स्थगित गरेको हो ।

 

देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित भएको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।

 

प्रश्नपत्र सामाजिक सञ्जालमा भेटिएकाले कुन केन्द्रबाट बाहिरिएको हो भन्ने विषयमा छानविन सुरु भएको गौतमले जानकारी दिए ।

 

परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा पुगेका विद्यार्थी घर फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...