प्रश्नपत्र बाहिरिएपछि शिक्षाशास्त्र संकायको परीक्षा स्थगित



हाम्रो इकोनोमि

 

 

शिक्षा शास्त्र संकायको पहिलो सेमेष्टर अन्तर्गत मंगलबारकाे लागि ताेकिएकाे मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ ।

 

परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।

प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त गरेपछि शिक्षा शास्त्र संकायको डिन कार्यालयले परीक्षा स्थगित गरेको हो ।

 

देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित भएको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।

 

प्रश्नपत्र सामाजिक सञ्जालमा भेटिएकाले कुन केन्द्रबाट बाहिरिएको हो भन्ने विषयमा छानविन सुरु भएको गौतमले जानकारी दिए ।

 

परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रमा पुगेका विद्यार्थी घर फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...