बाङ्ग्लादेश र इन्डियाकालाई समेत नचाएको महेशको एक करोडको ‘नाच फिरिरी’



हाम्रो इकोनोमि

पछिल्लो समय एउटा गीत चर्चामा छ ।

गीतको बोल ‘नाच फिरिरी’ ।

यस गीतको गायन, शब्द, म्युजिक, अनि भिडियो निकै रुचाईयो ।

महेश काफ्ले र मेलिना राईको आवाज रहेको यस गीतमा महेश काफ्लेकै शब्द र संगीत समेत छ ।

गायन तर्फ महेश र मेलिना हिट त भिडियोमा रियल जीवनका जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का कुटुमा कुटु पछी यस्मा पनि हिट ।

यस गित लाई करीब एक महिना पहिले ‘जी ट्वेन्टी वान’ डिजिटलको अफिसियल युट्युब च्यानल बाट राखिएको थियो ।

छोटो समयमा नै एक करोड भन्दा बढी भिउज् युट्युबमा यस गितले कमाइ सकेको छ ।

यस गीतमा प्राय तपाईले सुने देखेका मान्छे छ्न् ।

गायिका मेलिना राई,निश्चल बस्नेत, स्वस्तिमा खड्का ।

तर तपाइलाई गायकको आवाज नयाँ जस्तो लाग्न सक्छ, डेब्युट सिङ्गर जस्तो पनि लाग्ला ।

पहिलो पटक महेश काफ्ले लाई भेट्दा निश्चल बस्नेतले समेत ठम्याउन सकेनछन् ।

तर  यो आवज पुरानै हो ।

महेशले आफ्नो बाल्य कालमै थुप्रै गीतहरु गाईसकेका छन्।

जुवा तास्, सौतेनी आमा,सौताको छोरो जस्ता गीतहरु महेशले आफ्नो बाल्य अवस्थामा निकालिसकेका थिए ।

उनि लोक गायक  भोज राज काफ्लेका छोरा समेत हुन् ।

(सानो बेलाको महेश )

गायन क्षेत्रमा निकै बर्षको ज्ञाप पछी पुनरागमन गर्न खोजिरहेका मेहेश लाई उनका एक साथीले निश्चल बस्नेत सँगको भेट जुराई दिएका रहेछन् ।

चाबहिलको के. एल. टावर बाट एक चलचित्रको कार्यक्रम सकिएर फर्किने क्रममा उनले निश्चलको कारमा लिफ्ट पनि पाए ।

निकै समय देखी भित्र भित्रै गुम्सिएको उनको कला बाहिर  निस्किन छट्पटाइरहेको थ्यो ।

महेश एक्कासी कुनै पनि फर्मल चिनजान बिना नै “म तपाईं हरु लाई मेरो गित सुनाउंछु है !” भन्न पुग्छन् ।

कसैको अनुरोधमा घर बाटोमै पर्छ भनेर लिफ्ट दिएको मान्छेले एक्कासी त्यसो भन्दा सङ्गै रहेका निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह (अहिलेका नेपाल आईडल जज ) तीन छक परे ।

महेशले त्यहाँ कसैको पनि स्विकारोक्ती पाएनन् ।

त्यसपछी केहि समय महेशले कुर्नु पर्‍यो आफ्नो प्रतिभा सुनाउन र म्युजिक  भिडियोका हिट जोडी निश्चल-स्वस्तिमा को साथ पाउन ।

 

अहिले महेश को ‘नाच फिरिरी’ ले नेपाल बाट मात्र नभई भारत, श्रीलंका, बङ्गलादेश लगाएत बिभिन्न देशहरु बाट सकारात्मक प्रतिकृया पाइरहेको छ ।

अझ रमाईलो कुरा त के भने युट्युबमा महेश का पुराना गित हरु समेतमा प्रतिकृयाको ओइरो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...