ब्राजिलको २०० वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी



हाम्रो इकोनोमि

 

ब्राजिलको रियो दि जेनेरियोमा रहेको एक संग्रहालयमा भीषण आगलागी भएको छ । मुलुकको सबैभन्दा पुरानो विज्ञान संग्रहालयमा आगलागी भएको हो । यो संग्रहालयमा २ करोडभन्दा बढी सामग्रीहरु रहेका थिए ।

आइतबार लागेको यो आगलागीको कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको वा घाइते भएको विवरण आएको छैन । यो संग्रहालय पोर्चुगलको राजकीय परिवारका लागि स्थापना गरिएको थियो । यसै वर्ष २ सय वर्ष पूरा भएको छ । आगो लागेको प्रकृतिले यो संग्रहालयको सेवा बन्द भइसकेपछि आगलागी सुरु भएको हो । यद्यपि अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो घटना सबै ब्राजिलियनका लागि सबैभन्दा दुःखदायी रहेको बताएका छन् । उनले यो संग्रहालयमा लागेको आगलागीसँगै अपूरणीय क्षति भएको बताए ।

संग्रहालयका निर्देशकले यो आगलागी सांस्कृतिक वियोग रहेको बताएका छन् । यो संग्रहालयमा ब्राजिलको इतिहास झल्काउने हजारौं सामग्रीहरु राखिएका थिए । त्यसका साथै अन्य केही मुलुकहरुका सांस्कृतिक सामग्रीहरु पनि यो संग्रहालयमा राखिएको थियो ।

यो संग्रहालयमा सबैभन्दा महत्वपूर्ण डाइनोसरको हाड र १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपञ्जर पनि राखिएको थियो । उक्त अस्थिपञ्जर अमेरिकामा पाइएकोमध्ये सबैभन्दा पुरानो हो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...