लिबियामा संकटकाल घोषणा



हाम्रो इकोनोमि

 

लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ ।

विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए ।

आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए । सन् २०११ मा गद्दाफीको सरकारविरुद्ध भएको विद्रोहमा हत्या गरेको आरोप यिनीहरुमा लगाइएको थियो ।

यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

सरकारी र विद्रोही समूहबीच लडाइँ चर्किएपछि हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् ।

त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् ।

लिबियामा संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा छ । तर देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...