एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता जनही एक लाख पुरस्कार



हाम्रो इकोनोमि

 

 

निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ ।

नजिकिंदो चाड पर्वहरुलाई लक्षित गर्दै यो अफर ल्याइएको एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस अफर अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक साता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर आइतबार अर्थात भदौ १७ देखि लागू भई १० हप्तासम्म सञ्चालन हुनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजना अन्तर्गत एक साताभित्र अर्थात हरेक साताको आइतबारदेखि शनिबारसम्म १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहक यो अफरमा समावेश हुनेछन् । ग्राहकले एक साताभित्र १०० बराबरको रिचार्ज गर्दा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रिचार्ज गरेका छन् भने पाँच वटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्रमार्फत गरिने छ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबार साँझ ७ बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रशारण गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...