स्वास्थ्य मन्त्रालयसँग वार्ता नगरी डाक्टहरु आन्दोलित भए : राज्यमन्त्री यादव



हाम्रो इकोनोमि

 

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो । तर, त्यसो गर्नुभएन ।’

 

‘हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलका लागि आहृवान गरेका थियौं । तर, उहाँ छलफलमा आउनुभएन’ उनले भने ।

राज्यमन्त्री यादवले चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रह गरे । राज्यमन्त्री यादवले भने, ‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ । हामी उहाँहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं ।’

कानुनमा त्रुटि भए त्यसलाई सच्याउन सरकार तयार रहेको उनले बताए ।

सत्तारुढ नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरु आन्दोलन छोडेर वार्तामा आउनुपर्ने बताए । उनले भने,’यदि कानूनमा केही सुधार गर्नुपर्ने छ भने हामी तयार छौं ।’

उपचारमा डाक्टरहरुले लापरवाही वा हेलचेक्र्याँई गरेको भनेर छुट्याउने को हो ? भनि चिकित्सकहरुले अघि सारेको तर्कमा आफूहरुपनि सहमत रहेको उनले बताए । उनले कानून संशोधन गर्नको लागि एकाध महिना लाग्ने भएकोले चिकित्सकहरुले तुरुन्त आन्दोलन फिर्ता गरि विरामीलाई सेवा दिनुपर्ने बताए । उनले भने, ‘आन्दोलनबाट समस्याको समाधान खोज्न जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...