राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो, चिकेन कुरकुरे र बँदेलको मासु



हाम्रो इकोनोमि

 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा निस्किएका छन्। उनको यो धार्मिक यात्राले भारतीय राजनीतिमा हलचल मच्चाएको छ। राहुलको मानसरोवर यात्राको ट्रान्जिट प्वइन्ट नेपाल बन्यो।

राहुल शुक्रबार बेलुका काठमाडौँ आए। उनले रात काठमाडौँमै बिताए। काठमाडौँ आएका राहुलले बेलुका नेवारी खाना खाएका छन्। उनले काठमाडौँको लाजिम्पाटमा रहेको भूतू फुड वुटिकमा नेवारी खाजा खाएका हुन्।

राहुल आफ्ना साथीहरुसहित बेलुका ९ बजेतिर आफ्नो रेस्टुरेन्टमा आएको भूतूका सञ्चालक डिजे राजु सिंहले जानकारी दिए। उनले भने, ‘उहाँहरु चारजना आउनु भएको थियो। बेलुका ९ बजेतिर आएर झण्डै दुई घण्टा यहाँ बस्नुभयो।’

सुरुमा आफूहरुले नचिनेको सञ्चालक सिंहले बताए। उनले भने, ‘हामी कसैले चिनेका थिएनौँ, एकजना गेस्टले चिनेर सेल्फी खिच्न गएपछि थाहा पायौँ।’

राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मःमः, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक सिंहले  जानकारी दिएका छन्।

सञ्चालक सिंहले भने, ‘हाम्रोमा सधैँ आउने एकजना गेस्टले मेरो इन्डियन साथी आउनुभएको भनेर ल्याउनु भयो। अरु केही भन्नुभएको थिएन। यहाँ आउने पूर्व जानकारी पनि थिएन। हामी त पछि राहुल गान्धी भन्ने थाहा पाएर अचम्मित भयौँ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...