राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो, चिकेन कुरकुरे र बँदेलको मासु



हाम्रो इकोनोमि

 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा निस्किएका छन्। उनको यो धार्मिक यात्राले भारतीय राजनीतिमा हलचल मच्चाएको छ। राहुलको मानसरोवर यात्राको ट्रान्जिट प्वइन्ट नेपाल बन्यो।

राहुल शुक्रबार बेलुका काठमाडौँ आए। उनले रात काठमाडौँमै बिताए। काठमाडौँ आएका राहुलले बेलुका नेवारी खाना खाएका छन्। उनले काठमाडौँको लाजिम्पाटमा रहेको भूतू फुड वुटिकमा नेवारी खाजा खाएका हुन्।

राहुल आफ्ना साथीहरुसहित बेलुका ९ बजेतिर आफ्नो रेस्टुरेन्टमा आएको भूतूका सञ्चालक डिजे राजु सिंहले जानकारी दिए। उनले भने, ‘उहाँहरु चारजना आउनु भएको थियो। बेलुका ९ बजेतिर आएर झण्डै दुई घण्टा यहाँ बस्नुभयो।’

सुरुमा आफूहरुले नचिनेको सञ्चालक सिंहले बताए। उनले भने, ‘हामी कसैले चिनेका थिएनौँ, एकजना गेस्टले चिनेर सेल्फी खिच्न गएपछि थाहा पायौँ।’

राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मःमः, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक सिंहले  जानकारी दिएका छन्।

सञ्चालक सिंहले भने, ‘हाम्रोमा सधैँ आउने एकजना गेस्टले मेरो इन्डियन साथी आउनुभएको भनेर ल्याउनु भयो। अरु केही भन्नुभएको थिएन। यहाँ आउने पूर्व जानकारी पनि थिएन। हामी त पछि राहुल गान्धी भन्ने थाहा पाएर अचम्मित भयौँ।’

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...