प्रधानमन्त्री लिन थाईल्याण्डबाट आएको जहाज डेढ घण्टा आकाशमै रोकियो



हाम्रो इकोनोमि

 

 

 

बिमस्टेक शिखर सम्मेलनको क्रममा नेपालको एक मात्र विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापन गर्न निकै कठिन भएको छ ।

 

हवाई ट्राफिक  जामले काठमाडौं विमानस्थल अस्तव्यस्त मात्रै बनेन भिभिआईपीको उडानका लागि उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारकै लागि टाउको दुखाईको विषय बन्यो ।

 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन आएको भिभिआईपी उडानको जहाज नै डेढ घण्टा आकाशमा फन्को मार्न बाध्य भयो ।

 

भारतबाट नेपाल आउने क्रममा रहेका अर्का भिआईपी राहूल गान्धीका कारण समेत हवाई ट्राफिक व्यवस्थापन थप चुनौतिपूर्ण बनेको बताइन्छ ।

 

बिमस्टेक सम्मेलन सकिए लगत्तै फर्कने कार्यक्रम रहेको थाईल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन थाईल्याण्डको राजधानी बैंकबाट थाई लियोन एयरको जहाज मध्यान्ह १२ बजे उडेको थियो ।

 

सो जहाज अपरान्ह २ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका थियो । तर, काठमाडौंस्थित हवाई ट्राफिक जामका कारण सो जहाजले बारा र पर्साका आकाशमाथि १४ पटकसम्म फन्को मार्न बाध्य भयो ।

 

काठमाडौंस्थित विमानस्थलबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उडानको समय भएका कारण सबै जहाजहरु बाराको आकाशमाथि फन्को मारिरहेको, लियाने एयरको जहाजभन्दा तल दिल्ली काठमाडौं उडानमा रहेको जेट एयरवेज र मलेसिया काठमाडौं उडानमा रहेको एयर एसियाका जहाजलगायतका आठ वटा जहाजहरु रहेका कारण लियोन एयरको जहाजले तत्काल अवतरण गर्ने अनुमति नपाएको जनाइएको छ ।

 

भिभिआईपीको लागि भन्दै गैर सैनिक उडानका जहाजहरु होल्डमा भएपनि भिभिआईपीलाई नै लिन आएको जहाज नै १४ फन्को आकाशमा मार्नुपर्ने अवस्था आएको हो ।

 

बिमस्टेकमा सहभागी अतिथिहरु फर्कने क्रममा रहेकोले आज साँझसम्म नै काठमाडौंस्थित विमानस्थलमा अत्याधिक ट्राफिक जाम हुने देखिएको छ ।

 

आज फर्कने अन्तिम पाहुना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्केपछि साँझ ७ बजेपछि भने केही सहज हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...