डब्ल्यूटीओबाट बाहिरिने ट्रम्पको चेतावनी



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन(डब्ल्यूटीओ) बाट अमेरिका बाहिरिने चेतावनी दिएका छन्। संगठनले अमेरिकामाथि गर्ने व्यवहार उचित नरहेको भन्दै ट्रम्पले संगठनबाट बाहिरिने चेतावनी दिएका हुन्।

 

एक अन्तर्वार्ताको क्रममा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘अमेरिका पहिलो’ भन्ने नीतिका साथमा अघि बढिरहेका ट्रम्पले डब्ल्यूटीओले अमेरिकामाथि भेदभाव गरिरहेको आरोप लगाए। अहिले डब्ल्यूटीओसँग अमेरिकाको व्यापार नीति र खुला व्यापार प्रणालीको विषयमा मतभिन्नता देखिएको छ।

 

ड्रब्ल्यूटीओले अमेरिकाको सार्वभौमतामाथि नै प्रश्न उठेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजरले बताए। अमेरिकाको राष्ट्रपति बन्नुभन्दा अगाडिदेखि नै ट्रम्पले अमेरिकाको व्यापारको नीतिमा प्रश्न उठाउँदै आएका थिए। गत वर्ष ट्रम्पले डब्ल्यूटीओले सबैलाई नाफा पुगेको तर अमेरिकाको लागि भने यसले नोक्सानी पुगेको बताएका थिए।

ट्रम्पले डब्ल्यूटीओमा परेको उजुरीमा सबैजसोमा अमेरिकाको हार भएको भन्दै संगठनको आलोचना गरेका थिए। पछिल्लो समय अमेरिका केही विषयमा जस्तालाई त्यस्तै व्यवहार गर्ने मामिलामा अघि बढिरहेको छ।

अहिले सबैभन्दा चासोको विषय चीन बन्न पुगेको छ। अमेरिका र चीन विश्वका प्रमुख अर्थतन्त्र बोकेका मुलुकहरु हुन्। जसको कारण यी दुई मुलुकहरुको कारण समग्र अर्थतन्त्र समस्यामा पर्नसक्ने विश्लेषकहरुले बताउँदै आएका छन्।

आगामी सातादेखि २ खर्ब डलरका सामग्रीहरुमा कर बढाउने तयारी अमेरिकाले गरिरहेकोमा अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...