तीन राप्रपाका नेतासँग पारस शाहको ‘गोप्य’ वार्ता, राजतन्त्र ल्याउने बिषयमा छलफल



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत पहिलो साता झापामा बोलाएर तीनवटै राप्रपाका युवा नेताहरुलाई भेटेको झण्डै ६ महिनापछि पूर्वयुवराज पारस शाहले पनि काठमाडौमा तीनै पार्टीका नेताहरुलाई गोप्य रुपमा भेटेका छन् ।

पुर्व युवराज पारसले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरुलाई काठमाडौको नक्सालस्थित एक होटलमा भेटेका हुन् ।

झण्डै चाढे चारघण्टा उनीहरुबीच भेटबार्ता भएको हो ।  दिउँसो १२ बजेदेखि भएको सो भेटघाटमा पूर्व युवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तया बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उक्त भेटमा कमल थापा नेतृत्को राप्रपाका जयन्त चन्द, भुवन पाठक लगायतका युवा नेता सहभागि भएका थिए । त्यसैगरी राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजेन्द्र गुरुङ, सुरेश आचार्य, रविन्द्रप्रताप शाह, विराज भट्ट र सगुनसुन्दर लावती सहभागि थिए ।  यस्तै एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, शुष्मा आचार्य  केशव श्रेष्ठ सहभागि थिए ।

भेट भएको हो, त्यसक्रममा युवराजबाट खासगरी युवा पलायन, महिला हिंसा र सामाजिक सुरक्षाबारे चासो प्रकट भयो’ राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले रातोपाटीलाई बताए ।

भेटवार्ताका क्रममा पारससँगै सहभागीहरुले चिया, कफी र जुस पिएका थिए । ‘पारस त्यति धेरै त बोल्नुभएन तर, अरुले राखेका कुराहरु रुचि मानेर सुन्नुभयो । हामीले हाम्रा कुराहरु पनि राख्यौ’ भेटमा सहभागि अर्का एक नेताले नाम नलेख्न आग्रह गर्दै भने ।

त्यसक्रममा पारसले तीनवटै राप्रपा एकीकरणमा भइरहेको ढिलाईबारे पनि नेताहरुसँग चासो व्यक्त गरेका थिए । ‘सबै युवाहरु एक हुनुपर्छ, राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ, राप्रपाहरुको एकता हुने सुनेको थिए अहिले के भइरहेको छ ? ’ पुर्वयुवराज पारसले जिज्ञासा राखेका थिए । तीनवटै पार्टीका युवा नेताहरुलाई छुट्टाछुटटै समयमा भेटेका शाहले देशको पछिल्लो स्थितिका बारेमा जान्न युवा नेताहरुलाई निम्त्याएको सुरुमै जानकारी गराएका थिए ।

पारससँगको भेटमा कतिपय नेताहरुले पूर्व युवराज पारसलाई सामाजि

क अभियान चलाउन सुझाव दिएका थिए । तर, जवाफमा पारसले कुनै प्रतिकृया दिएनन् । उनले टाउको हल्लाएर मौन समर्थन मात्रै जनाएका थिए
केही समयअघिसम्म देशका विभिन्न धार्मिक स्थलको भ्रमण गरेका युवराज पारसले बुधबार राप्रपा नेताहरुलाई भेटेसँगै उनी अब राजनीतिक भेटघाटमा जुटेको सहभागिहरुको भनाई छ ।
यसो त उनी फेरि पनि देश दौडाहामा जाने तयारीमा रहेको नेताहरुले दाबी गरेका छन् ।

यसैको लागि उनले कसरी अघि बढ्दा ठीक हुन्छ भनि नेताहरुसँग सुझाव मागेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...