‘शिक्षा, स्वास्थ्यमा निः शुल्क गरेपछि कर त लिनै पर्यो’



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि कर आवश्यक रहेको बताएका छन् ।

बुधबार चितवनमा निर्माण व्यवसायी संघको अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको विकास र समृद्धिका लागि करको दायरा बढाउन आवश्यक रहेको बताएका हुन् ।

जनताबाट कर लिएपछि राज्यपनि जवाफदेही बन्नु पर्ने बताउँदै उनले भने, ‘शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा निः शूल्क व्यवस्था गरेपछि कर त लिनै पर्यो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय स्थानीय तहले भने हास्यास्पद शीर्षकमा समेत कर लिएको बताए । यस्तो हास्यास्पद शिर्षकमा कर नलगाउन उनले स्थानीय तहलाई अनुरोध समेत गरे ।

सरकारले कर लगाउन पाउने भन्दै उनले विकास र समृद्धिका लागि पनि करको दर बढाउनै पर्ने दावी गरे।

उनले नेपाललाई समृद्ध बनाएरै छोड्ने दावी गर्दै इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने बताए । साथै उनले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनले कञ्चनपुर, पोखरा, गोरखा, काठमाडौँ लगायतका स्थानमा बढ्दै गएको महिला हिंसालाई सरकारले गम्भीर रुपमा नियन्त्रण गर्ने आश्वासन दिए ।

प्रचण्डले सरकार हिंसा नियन्त्रणमा लागि परेको भन्दै नयाँ अवस्थामा जाँदा केही गल्ती हुने र समस्या आउने भन्दै तिनलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...