नेपाल आइपुगे अर्जुन कपुर, पोखरामा हुदैँछ फिल्म सुटिङ



हाम्रो इकोनोमि

 

पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ ।

केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् ।

यति बेला बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् ।

उनी चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका हुन् ।

सोमबार काठमाडौँ अवतरण गर्ना साथ अर्जुन पोखरा सुटिङको लागी पुगिसकेका छन् ।

चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिन्दैछन् ।

यो चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरिरहेका छन् ।

नेपाल र दिल्लीमा छायाङ्कन हुने यो चलचित्रको दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

चलचित्र सुटिङको क्रममा अर्जुन कति समय नेपाल हुनेछन् त्यो भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...