भीआईपीका रुटमा हतियारसहितका सुरक्षाकर्मी, यी हुन् मुख्य र वैकल्पिक रुट



 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्तिहरुको सवारी रुट तोकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुईवटा रुट बनाइएको छ ।

प्रहरीले बनाएका दुई सवारी रुटमध्ये एउटालाई वैकल्पिक रुट मानिएको छ। दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ।

विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ ।

वैकल्पिक रुटमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, रविभवन र सोल्टी होटलसम्म तय गरिएको छ ।

बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई यी दुईमध्ये एउटा रुट प्रयोग गरी सम्मेलनस्थल सोल्टी होटल पु¥याइनेछ । भदौ १४ र १५ मा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत वचा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष छिरिङ तोग्वे आउने छन् ।

१३ गते साँझदेखि १४ गते बिहानसम्ममा सबैजसो राष्ट्रप्रमुख नेपाल आइसक्ने सूचना पाएसँगै प्रहरीले सवारी रुट तय गरेको हो।
दुवै रुटमा ५० मिटरको दूरीमा प्रहरी निरीक्षकको कमान्डमा पाँचदेखि १० जना सुरक्षाकर्मी परिचालन गरिने छ । गौशाला, बानेश्वर, कालिमाटी, कीर्तिपुर, बालाजु, महाराजगन्ज, कमलपोखरी, लैनचौर, स्वयम्भू र सातदोबाटो वृत्तका प्रमुख डीएसपीहरूलाई आआफ्नो क्षेत्रमा परिचालित प्रहरीको सुरक्षा अवस्थाबारे अपडेट हुन निर्देशन दिइएको छ । सवारी रुटमा प्रहरी निरीक्षकको कमान्डमा १०/१० जनाका दरले प्रहरी परिचालित हुनेछन्।

भीआईपी सवार भएको समयमा रुट पर्ने ठाउँमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । सरकराले फरकफरक समयतालिका बनाएर विमानस्थलमा सहभागी राष्ट्रप्रमुख ओर्लने भएपछि सडकमा सुरक्षा व्यवस्था चुस्त पार्ने सरकारको रणनीति छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न जाने, श्रीलंकाका राष्ट्रपति र म्यानम्यारका प्रधानमन्त्री लुम्बिनी भ्रमणमा जाने भएपछि हेलिकोप्टरमार्फत लैजाने तयारी गरिएको छ।

भीआईपी सवारीदेखि सुरक्षासम्म सेनाले अग्रपंक्तिको सुरक्षा गर्ने, दोस्रो तहमा प्रहरीसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा दिने योजनाअनुसार १७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

भीआईपीका आगमनदेखि प्रस्थानसम्मको सुरक्षा तालिका बनिसकेको बिम्स्टेक सम्मेलनको सुरक्षा व्यवस्थापन समितिले जनाएको छ । यी रुटमा सोमबार बिहान प्रहरीले सवारीको पूर्वाभ्यास समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा