बिम्स्टेक सम्मेलन, नेपालले चीनदेखी बंगलादेशसम्म बिजुली बेच्ने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

पछिल्ला केही बर्षयता नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने क्रम बढ्दो छ । आगामी केही बर्षभित्रै उर्जाको उत्पादन बढि हुने र बढि भएको विद्युत कहाँ बिक्रि गर्ने भन्ने चिन्ता नेपाललाई पर्न थालेको छ । त्यसैले नेपालले आगामी १४ र १५ गते हुने बिम्स्टेक सम्मेलनमा सडक र अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषय उठान गर्न आवश्यक छ ।

जलविद्युत उत्पादनमा आक्रमक रुपमा अघि बढेको नेपालले आगामी केही बर्षभित्रै स्वदेशी माग पूरा गरि बढि भएको विद्युत बिक्रि गर्नुपर्नेछ । तर विद्युत बिक्रिका लागि पूर्वाधारको निर्माण भने हुन सकेको छैन् । मुलुकभित्र बढि भएको विद्युत छिमेकी राष्ट्रहरुमा बिक्रि गर्ने नेपालको योजना भएपनि पूर्बाधार अभावमा नेपालको त्यो योजना सार्थक नहुने देखिन्छ ।

 

नेपालले आयोजना गर्न लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा नेपाल सरकारले जोडतोडका साथ कनेक्टिभिटीका मुद्धाहरु उठाउन आवश्यक छ । सदस्य राष्ट्रहरु बीच सडक पूर्बाधार, विद्युत र प्रसारण लाइनको विषय निकै पेचिलो बन्दै गएको छ । विमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरुबीच विद्युतको आदानप्रदान, व्यापार र ग्रिड कनेक्शन निर्माणको विषयलाई उठान गरिने उर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि म्यानमारमा भएको सचिवस्तरिय बैठकमा सदस्य राष्ट्रहरुबीच ग्रिड कनेक्शनको समझदारी पत्रमा सहमति भइसकेको छ । उक्त समझदारी पत्रमा सदस्य राष्ट्रका उर्जा मन्त्रीहरुले हस्ताक्षर गर्ने भनिएपनि उर्जा मन्त्रीहरुको बैठक भने अहिलेसम्म पनि बस्न नसकेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्तम दिनेशकुमार घिमिरेले जानकारी दिए ।

नेपाल जलविद्युतको क्षेत्रमा वामे सरेकोले सम्मेलनले नेपालजस्तो विकासन्मोख देशका लागि विकासमा अघि बढ्न साथ मिल्ने उर्जा क्षेत्रका विज्ञहरु बताउँछन् । सम्मेलनमा सदस्य राष्ट्रहरुबीच सडक, प्रसारण लाइन र विद्युतको आदनप्रदानमा ध्यान दिनुपर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टको भनाई छ ।

जलस्रोत विकासमा समेत उचित छलफल होस् भन्ने निजी क्षेत्रको अपेक्षा छ । नेपालमा रहेको अपार जलस्रोतको विकास र बजारको खोजी पनि महत्वपूर्ण पक्ष हो । नेपालले भारतको बाटो हुँदै बंगलादेश पाकिस्तान लगायतका देशमा निर्वाधरुपमा विद्युत लैजान ‘विद्युत पारवहन’ को बाटो खुल्ला गरिनु आवश्यक छ । नेपाल र भूटानजस्तो भुपरिवेष्ठित देशको लागि जलविद्युत नै प्रमुख स्रोत हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...