नेपाल इन्जिनियरिङ कलेजको बदमासी, विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने यस्तो छ खेल !



 

भक्तपुरको चागुनारायण नगरपालिका–४ मा रहेको नेपाल इन्जिनियरिङ कलेजको ‘सञ्चालक समिति’ले केही दिन अगाडि एउटा सूचना जारी ग¥यो ।

कलेजमा भर्ना हुन आउने नवआगन्तुक विद्यार्थीका लागि जारी भएको सूचनामा भर्ना शुल्कबापत तिनुपर्ने सबै रकम बैंक खातामा जम्मा गर्न भनिएको थियो ।

कलेजको ‘सञ्चालक समिति’ले जारी गरेको सूचनामा ६ वटा बैंकको खातामा उल्लेख गरी बैंक खातमा मात्रै रकम जम्मा गर्न भनिएको थियो ।

तर त्यसको दोस्रो दिन ‘कलेज प्रशासन’ले अर्को सूचना जारी गर्दै भन्यो, ‘बैंक खातामा रकम जम्मा गरे प्रशासन जिम्मेवार हुने छैन ।’

अर्थात् कलेज प्रशासनले भर्ना हुन लाग्ने सबै रकम कलेजमै नगद बुझाउनुपर्ने सूचनामार्फत् जानकारी गराएको थियो ।

 

४ लाख रुपैयाँ झोलामा ल्याउनु ? 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजले स्नातक तहको भर्नाका लागि साउन गत साउन २६ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

कलेजले स्नातक तहमा एक शैक्षिक शत्रमा करिब ५०० विद्यार्थी भर्ना गर्ने कोटा पाएको छ । जसमध्ये १० प्रतिशत विश्वविद्यालयको छात्रवृत्ति, ५ प्रतिशत स्थानीय तहका विद्यार्थीलाई निःशुल्क पठाउनुपर्ने र ५ प्रतिशतजति अशक्त आपाङ्ग विद्यार्थीलाई निःशुल्क भर्ना गर्नुपर्ने प्रावधानका कारण ४०० जति विद्यार्थीले पूर्णशुल्क तिरेर कलेजमा अध्ययन गर्छन् ।

कलेजले भर्ना हुँदा मात्रै विद्यार्थीबाट ४ लाख रुपैयाँ भर्ना शुक्ल लिने गरेको छ । पूर्ण शुक्ल तिर्नुपर्ने विद्यार्थीले ४ लाख रुपैयाँ नतिरे भर्ना हुन पाउँदैनन् । तर कलेज प्रशासनले भर्ना हुँदा लाग्ने सबै रकम नगद बोकेर ल्याउनु भन्ने उर्दी जारी गरेपछि विद्यार्थीहरू समस्यामा परेका छन् ।

‘कलेजले सबै पैसा काउन्टरमै ल्याएर बुझाउन भनेका छ,’ भर्नाका लिइएको प्रवेश परीक्षामा पास भएर अन्यौलमा रहेका एक विद्यार्थीले लोकान्तरसँग भने, ‘पैसा झोलामा बोकेर लैजानुपर्ने बाध्यता छ ।’

 

१६ करोड झ्वाम पार्ने खेल

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकहरूबीच २०६९ सालदेखि विवाद छ । कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष हरिप्रसाद पाण्डेले २६ चैत २०६९ मा पोखरास्थित मातृसेवा प्रतिष्ठानका नाममा ‘दुई तिहाइ हिस्सा’ शेयर खरिद गर्ने प्रस्ताव गरेदेखि कलेज आन्तरिक विवादमा अल्झिएको छ ।

पाण्डेले आफू नै अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठानका नाममा शेयर खरिद गर्ने प्रस्ताव गरेपछि बढेको विवादका कारण अहिले विद्यार्थीको भविष्य अन्यौलमा पुगेको छ ।

‘कलेजका पूर्वअध्यक्ष दीपक भट्टराईको योजनमा कलेजको सबै सम्पत्ति र विद्यार्थीले जम्मा गरेको रकम हडप्ने खेल भइरहेको छ,’ कलेज सञ्चालक समितिकै एक सदस्य भन्छन् ।

सरकारले २०६४ साउनदेखि लागू गरेको नियमानुसार कुनै व्यक्ति तथा फर्मले १० लाखभन्दा माथिको रकममा नगद कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।

सरकारले १० चैत २०७३ मा राजपत्रमा सूचना जारी गरी नगद कारोबारको सीमा निर्धारण गरेको थियो ।

कुनै सेवा वा वस्तु खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत् गर्नुपर्ने गरी १० लाख रुपैयाँभन्दा बढीको रकमको कारोबारमा बैंकिङ प्रणाली अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

तर विद्यार्थीहरूबाट मात्रै करोडौंको रकम उठाउने नेपाल इन्जिनियरिङ कलेज प्रशासनले बैंकमा रकम जम्मा नगर्न भनेर उर्दी जारी गरेको छ ।लोकान्तरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्