अटल विहारी बाजपेयीको दुई झुटमा किन जोडिन्छन् इन्दिरा गान्धी र नरेन्द्र मोदी



हाम्रो इकोनोमि

 

भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको भर्खरै निधन भएको छ । भारतीय इतिहासमा केही नेताले मात्र पाउने सम्मानका साथमा उनको बिदाइ भएको छ ।

अहिले सामाजिक सञ्जालको जमाना छ, कुनै पनि कुरा भाइरल हुन समय लाग्दैन तर बाजपेयीको पालामा कुनै सामाजिक सञ्जाल विना नै दुई झुटहरु भाइरल भएको थियो ।

 

त्यसमध्येको एक झुट उनले इन्दिरा गान्धीलाई दुर्गा भने भन्ने थियो । सन् १९७१ मा भारत र पाकिस्तानको बीचमा चलेको युद्धको क्रममा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् र अटल विहारी बाजपेयी विपक्षका नेता थिए । युद्धको बहसको क्रममा संसदमा अटल विहारी बाजपेयीले इन्दिरा गान्धीलाई दुर्गा भनेको समाचार बाहिरिएको थियो ।

केही समाचारपत्रहरुमा बाजपेयीले इन्दिरालाई दुर्गा भने भन्ने शीर्षकमा समाचार प्रकाशित भएका थिए । अहिले पनि उक्त समाचारको विषयमा चर्चा हुने गर्छ तर उनले एक अन्तर्वार्ताको क्रममा आफूले त्यस्तो केही पनि नभएको बताएका थिए ।

 

यहाँसम्म कि उनले इन्दिरा गान्धीको पुस्तक लेख्ने लेखकलाई पनि आफूले यो कुरा नभएको बताएका थिए । यस विषयमा थप खोजीहरु पनि भएका थिए तर त्यहाँबाट पनि केही पाइएन ।

दोस्रो झुट सन् २००२ को गोधरा काण्डको रहेको छ । यसको आरोप तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीमाथि लागेको थियो ।

 

मुख्यमन्त्रीले यो दंगा फैलिन दिएको आरोप लगाइएको थियो । यस्तोमा यसको जाँच केन्द्रीय सरकारले गरेको थियो । घटनाको जाँच गरेपछि अटल विहारी बाजपेयीको सरकारले मोदीको राजीनामा माग गरेको थियो । यद्यपि लालकृष्ण आणवाणीको आदेशमा राजीनामा रोकिएको चर्चा हुने गरेको छ ।

गुजातको उक्त दंगापछि एक पत्रकार सम्मेलन भएको थियो । जहाँ बाजपेयी र नरेन्द्र मोदी पनि सामेल थिए । उक्त सम्मेलनको क्रममा उनले गुजरातको मुख्यमन्त्रीलाई राजधर्मको पालना गर्नको लागि सुझाएका थिए ।

 

उनले सबै प्रजाहरु समान रहेको कारण कसैमा पनि भेदभाव गर्नु उचित नरहेको र मोदीले पनि यस्तो नगरेको आफूलाई लागेको बताएका थिए । यद्यपि उनले सार्वजनिक रुपमा मोदीको राजीनामा भने मागेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...