किन सामुहिक राजीनामा दिँदैछन अष्ट्रेलियाका १० मन्त्रीहरु, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाको सरकारका १० मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। उनीहरुले प्रधानमन्त्री माल्कोम टर्नबुललार्इ पार्टीको नेतामा हराउने अभियान चालेकोमा असफल भएसँगै राजीनामा दिने तयारी गरेका हुन्।

 

 अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले मंगलबार पार्टीको नेतृत्वको लागि भएको मतदानमा जित हासिल गरेका थिए तर उनले दोस्रो चुनौतीको पनि सामना गर्नुपर्ने बताइएको छ।

 

उनले आफूलाई चुनौती दिने मन्त्रीहरुको राजीनामा स्वीकार गरेका छन्। जसमा गृहमन्त्री पिटर डटन र एक अन्य मन्त्री रहेका छन्। अहिले प्रधानमन्त्री लामो समयदेखिको कमजोर सर्वेक्षण तथा ऊर्जाको नीतिको कारण दबाबमा रहेका छन्।

 

विपक्षी पार्टीले अहिले सरकार आन्तरिक द्वन्द्वमा फसेको आरोप लगाएको छ । डटनले आफू अझै पनि नेतृत्वको मतको लागि अझै पनि सक्रिय भएर लाग्ने बताएका छन्। मंगलबार लिबरल पार्टीको नेताको लागि पहिलो चरणको निर्वाचन भएको हो। यो निर्वाचनमा प्रधानमन्त्रीले ४८–३५ को जित हासिल गरेका थिए।

 

बुधबार भविष्यको विषयमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्रीले मुलुकको नियम नै नेतृत्वको लागि हुने निर्वाचनमा जित्ने आफ्नो आधार रहेको बताए। अष्ट्रेलियाका प्रधानमन्त्री पछिल्लो समय विवादमा तानिएका छन् ।

 

उनको उत्सर्जन घटाउने योजना र अन्य ऊर्जाको नीतिमा देखिएको असफलताको कारण उनी विवादमा तानिएका हुन्। प्रधानमन्त्रीले ८ मन्त्रीहरु आफ्नो क्याबिनेटमा रहने पुष्टि गरेका हुन्। यद्यपि बाँकी सबै मन्त्रीहरुले भने राजीनामा दिनसक्ने बताइएको छ।

 

बुधबार प्रधामन्त्री टर्नबुलले आफू अहिले पार्टी तथा सरकार स्थिर बनाउनका लागि अघि बढिरहेको बताए। विपक्षी नेताहरुले भने अहिले आन्तरिक द्वन्द्व चलिरहेको कारण सरकार अनियन्त्रित भएको बताएका छन्।

 

अष्ट्रेलियाको नियमअनुसार प्रधानमन्त्रीको लागि प्रत्यक्ष निर्वाचन हुँदैन तर संसदमा पार्टी तथा गठबन्धनको नेता जो चुनिन्छ, उही नै मुलुकको प्रधानमन्त्री बन्न पाउँछ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...