राजनीति आतंकवादी र लुटपाटको गतिविधि गर्ने प्रकाण्डलाई सर्वोच्चले किन रिहाइ गरेको ? : सांसद बस्नेत



हाम्रो इकोनोमि

 

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले आतंकवादी र लुटपाटमा संलग्न व्यक्तिलाई सर्वोच्च अदालतले छोडेको र मानवअधिकार आयोगले संरक्षण दिएको आरोप लगाएका छन्।

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्थामा सर्वोच्च अदालतले रिहाइ गर्न आदेश दिएको थियो।

उनलाई मानव अधिकार आयोगले पनि बुझ्नुपर्ने भन्दै आयोगमा लैजान प्रयास गरेको थियो। तर, प्रहरीले सर्वोचले रिहाइ गर्न आदेश दिएपछि पनि पुनः पक्राउ गरेको थियो। विश्वकर्मा पक्राउसँगका गतिविधिबारे सांसद बस्नेतले मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा भने, राजनीतिको आवरणमा आतंकवादी र लुटपाटको गतिविधि गर्ने व्यक्तिलाई सरकारले गिरफ्तार गर्छ। उनलाई अदालतले रिहाइ गर्छ।

 

उनले थपे, ९ बजेसम्म सर्वोच्चको रजिस्टारको कार्यालयमा बस्ने अधिकार कसले दियोरुु उनले अदालतले न्याय नपाएकाहरूलाई स्थगनमा राखेको र आतंकवादको र लुटपाटको मुद्दा लागेको व्यक्तिलाई उच्च प्राथमिकतामा राखेको भन्दै सर्वोच्च अदालतको आलोचना गरेका थिए।

 

त्यसैगरी सांसद बस्नेतले मानव अधिकार आयोग गाडी लिएर विश्वकर्मालाई सर्वोच्च गएको विषयमा पनि संसदमा आवाज उठाएका छन्। उनले आयोग र सुदीप पाठकको यस विषयमा स्पष्ट पार्नुपर्ने माग गरे। करबारे कांग्रेसले सर्कुलर जारी गरोस् सांसद बस्नेतले कांग्रेस निर्वाचित स्थानीय तहरूले अत्यधिक कर वृद्धि गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

 

उनले भने, ुकरका कारण विवादमा रहेका विराटनगर, धनगढी शुक्लाफाँटा लगायतका पालिकाहरू मोरङ र डडेल्धुराका गाउँपालिकाहरू कांग्रेसले जितेका पालिकाहरू रहेछन्। नेकपाले जितेका कुन कुन ठाउँमा त्यस्ता कुराहरू छन् त्यो कुरा देखाउँदा राम्रो होला।

 

उनले कांग्रेसका सांसदहरूले उठाएको विषयको दोष सबैले लिनुपर्ने बताए। उनले भने, त्यसैले प्रधानमन्त्रीज्यूलाई बदनाम गर्ने ढंगले जस्तो वित्तीय आयोग बन्ने कुरा संविधान बनेको तीन वर्ष भइसक्यो अहिलेसम्म किन बनेनरु यसको दोष सबैले लिनुपर्ने होला।

 

स्थानीय तहको नियमावली नबनेको दोष पनि सबैले लिनुपर्ने होला।ु सांसद बस्नेतले आफूले जितेका स्थानीय तहमा जथाभावी कर नलगाउन कांग्रेसले सर्कुलर जारी गर्न सुझाव दिएका थिए। उनले कांग्रेसले ुकर लिएस्, सरकारको बदनाम गरेस् भन्ने स्थितिमा रहेको बताए।

 

उनले कर र सुरक्षाका बारेमा नेपाली कांग्रेसका सांसदहरूले अनावश्यक हल्ला गरेको बताए। उनले भने, पाँच महिना अगाडि यो मुलुकमा रामराज्य थियोरुु उनले कुशासन अहिले आएको नभएर विगतकै भएको बताए। उनले कांग्रेसले त्यसरी विषय उठाउन नहुने भनाइ राखेका थिए।

 

उनले करको विषय वित्तीय संघीयता कार्यान्वयनको कुरा भएको बताए। उनले भने, वित्तीय संघीयताको १ महिना निकै चुनौतीपूर्ण रह्यो भन्ने हामीलाई लागेको छ। करको कुरालाई एकदमै प्रचार गरिएको छ।

 

यसका बारेमा निकै उपन्यास कथाहरू कतिपय मिडियामा र कतिपय सांसदहरूले उठाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...