तालिवानको अपहरणमा परेका १४९ जनाको सकुशल उद्दार, अझै २१ जना तालिबानकै कब्जामा



हाम्रो इकोनोमि

 

अफगानी सुरक्षाफौजले सोमबार उत्तरी कुन्दुज प्रान्तमा एक अपरेसन सञ्चालन गरी लडाकु समूह तालिवानले बन्धक बनाएका १४९ जनाको उद्दार गरेको छ ।

 

तालिवान लडाकुको कब्जामा रहेका बाँकी २१ जना बन्धकलाई छुटाउन सोमबार अपरान्हसम्म अपरेसन जारी रहेको अधिकारीहरुले बताएका छन् ।

 

उद्दार गरिएकाहरुमा महिला र बालबालिकासमेत छन् । यो अपरेसनले देशभरबाट तालिबानलाई परास्त गर्न सक्रिय रहेको अफगानी सुरक्षाफौजलाई उत्साहित बनाएको छ ।

 

अफगानिस्तानका आन्तरिक मामिला मन्त्रालयका सहायक प्रवक्ता नसरत रहिमीका अनुसार सोमबार बिहान तालिवान लडाकुले खान आवाद जिल्लामा गुडिरहेका तीनवटा बसलाई एम्बुसमा पारेर त्यहाँ रहेका यात्रुको अपहरण गरेका थिए ।

 

रहिमीका अनुसार अफगानी सुरक्षाफौजले बसका १४९ जना यात्रुलाई छुटाए पनि छापामारहरुले अझै २१ जना यात्रुलाई बन्धक बनाएर राखेका छन् ।

 

सुरक्षा फौज र लडाकुबीच भएको दोहोरो भिडन्तको क्रममा कम्तीमा ७ जना तालिवान लडाकुको मृत्यु भएको पनि रहिमीले बताए ।

 

अफगानी राष्ट्रपति असरफ घानीले मुस्लिम धर्माबलम्बीहरुको पर्व इद अल अदाको लागि एक साताको लागि तालिबानसँग सशर्त युद्धविरामको घोषणा गरे पनि त्यसको उल्लंघन गर्दै तालिबानले एम्बुस थापेका थिए ।

 

पछिल्ला महिनाहरुमा तालिवानले हिंसात्मक गतिविधि बढाउँदै आएका छन् । तालिवानले अफगानिस्तानका विभिन्न जिल्ला कब्जा गर्ने र ठूलो स्तरमा बम र आत्मघाती हमलाहरु गर्ने गरेका छन् जसले धेरैको ज्यान गएको छ ।

कुन्दुज प्रान्तका प्रवक्ता इसमातुल्लाह मुरादीले पनि अगफगानी सुरक्षाफौजले तालिवानको कब्जाबाट १४९ जना बसयात्रुलाई छुटाएको र २१ जना अझै तालिवानकै कब्जामा रहेको पुष्टी गरे ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...