राप्रपाका सबै पदाधिकारी पदमुक्त



हाम्रो इकोनोमि

 

 

कमल थापा नेतृत्वका राप्रपाका सबै पदाधिकारी पदमुक्त भएका छन् ।

 

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्न सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

 

उनका अनुसार विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित भएसँगै बैठकले सो निर्णय गरेको हो ।

 

जसअनुसार पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुने राप्रपाले जनाएको छ ।

 

यसैगरी प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन गरिनेछ ।

 

यस्तै विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० अध्यक्षबाट मनोनित हुने पनि श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...