राप्रपाका सबै पदाधिकारी पदमुक्त



हाम्रो इकोनोमि

 

 

कमल थापा नेतृत्वका राप्रपाका सबै पदाधिकारी पदमुक्त भएका छन् ।

 

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्न सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

 

उनका अनुसार विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित भएसँगै बैठकले सो निर्णय गरेको हो ।

 

जसअनुसार पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुने राप्रपाले जनाएको छ ।

 

यसैगरी प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन गरिनेछ ।

 

यस्तै विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० अध्यक्षबाट मनोनित हुने पनि श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...