खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।

 

उनका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।

 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ ।

 

प्रकाण्डलाई हाल काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिरासतमा राखेको छ । यसअघि चन्दा संङ्कलनको आरोपमा पक्राउ परेका उनलाई गत शुक्रबार सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको थियो ।

 

तर रिहा गर्न आदेश दिएलगत्तै क्रसरमा विस्फोट गराएको आरोपमा प्रहरीले फेरि पक्राउ गरेको थियो । सोमबार नै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ३ दिनको म्याद लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...