महिलामाथि जङ्गलमा बलात्कार प्रयास गर्ने रङ्गेहात पक्राउ



 

रुपन्देहीस्थित बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबरजस्ती करणीको प्रयास गर्न खोज्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।

 

महिलाको बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको छ । बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पुर्‍याइ शनिबार बेलुका जबरजस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

 

प्रहरीले प्युठान जिल्ला रजवार–६ बस्ने अन्दाजी २४ वर्षीय महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पतालमा उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रहरी उपरीक्षक मल्लले पीडित महिलालाई आफन्त बोलाएर जिम्मा लगाइने र प्रहरी नियन्त्रणमा रहेका खनाललाई जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् । घटना शनिबारको भए पनि रुपन्देही प्रहरीले सो सम्बन्धमा ढिलो गरी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा