चालु आर्थिक बर्षमा ७ सय ३७ मेगावाट विद्युत थपिने, अब चौबीसै घण्टा उज्यालो



हाम्रो इकोनोमि

 

विद्युुत केन्द्रीय प्रणालीमा चालु आर्थिक बर्षमा मात्रै ७ सय ३७ मेगावाट विद्युत थपिने प्रक्षेपण गरिएको छ । सरकारी र नीजि क्षेत्रका आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुुगेकोले नेपाल विद्युत प्राधिकरणले यस्तो तथ्यांक निकालेको हो ।

 

विद्युत प्राधिकरणका अनुसार राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणको विभिन्न चरणमा रहेका १७ आयोजना यसै वर्ष पूरा हुँदैछन् ।

 

प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले माथिल्लो तामाकोसी, ४० मेगावाटको खानी खोला१, २७ मेगावाटको दोर्दी खोला, २३.५ मेगावाटको सोलु खोला, २२.२ मेगावाटको माथिल्लो चाकुबाट विद्युत उत्पादन हुने बताए । उनका अनुसार माथिल्लो तामाकोसीबाट आगामी पुसमा विद्युत उत्पादन सुरु गर्ने तयारी छ ।

 

यस्तै, २२ मेगावाटको बागमती, २५ मेगावाटको दोर्दी ‘ए’, २५ मेगावाटको काबेली बि–१, २२ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लो मोदी र ८ मेगावाटको माथिल्लो नौगाडले पनि चालू आवमा उत्पादन थाल्ने आयोजना हुन् ।

 

निर्मणको अन्तिम चरणमा पुगेका ८.८ मेगावाटको रुदी खोला ‘ए’ ९.९ मेगावाटको इवा खोला, ३.३ मेगावाटको गेलुङ खोला र ३.३३ मेगावाटको कापडीगाड यसै वर्ष पूरा हुँदैछन् । ६.४२ मेगावाटको माथिल्लो मैलुङ, १४.८ मेगावाटको माथिल्लो साञ्जेन राष्ट्रिय प्रसारणमा जोडिने भएका छन् ।

 

यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि विद्युतको माग व्यवस्थापन सहज भई भारतमाथिको परनिर्भरता घट्ने प्राधिकरणको दाबी छ ।

 

प्राधिकरणसँग पिपिए (विद्युत खरिद सम्झौता) भएका २३ सय ५६ मेगावाटका १ सय ७ आयोजना निर्माणाधीन छन् । १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ५२ मेगावाटको लिखु –५, ४२ मेगावाटको मिस्ट्री खोला, ११ मेगावाटको नर्माजुन मादी, ३० मेगावाटको खानी खोला प्रमुख निर्माणाधीन आयोजना हुन् ।

 

 

प्राधिकरणका प्रवक्ता अधिकारीले पिपिए गरेका २३ सय ५६ मेगावाटका स्वदेशी लगानीमा निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीले अघि बढाएका १ सय ७ आयोजना निर्माणाधीन रहेको बताउ । उनका अनुसार यो सँगै अन्य १ हजार ६ सय ५८ मेगावाटका आयोजना पिपिए भई निर्माणको तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...