अन्डरवल्ड डन दाउदका दाहिने हात गिरफ्तार, नेपालमा हुने सुन तस्करीमा यीनको हात



अन्डरवल्ड डन दाउद इब्राहिमका दाहिनी हात जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई र अफ्रिकी देशहरुमा दाउदका लागि लेनदेनको कारोवार गर्दै आएका थिए । नेपालमा हुने सुन तस्करीमा यीनको हात हरेको पनि शंका गरीएको छ ।

दाउदलाई घेराबन्दीमा पार्नका लागि भारतले जबीर मोदीलाई पक्राउ गर्न अपिल गर्दै आएको थियो । जबीरमाथि लागू औषध तस्करी, फिरौती एवं अन्य थुप्रै अपराध गरेको आरोप छ ।

जबीरको साथबाट पाकिस्तानी पासपोर्ट फेला परेको छ । यसमा कराँचीको ठेगाना राखिएको छ ।

ब्रिटेनको १० वर्षको भिसा पाएको जबीरले एन्टिगुवाको नागरिकता लिने प्रयास गरिरहेको समेत बुझिन आएको छ ।

पाकिस्तानको कराँचीमा रहँदै आएको दाउदलाई सन् १९९३ को मुम्बई बमकाण्डका मुख्य नाइके मान्दै आइएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा