भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अत्यन्त नाजुक, मोदी पुगे अस्पताल



हाम्रो इकोनोमि

 

भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक अबस्थामा पुगेको छ ।

भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अत्यन्त नाजुक, मोदी पुगे अस्पताल

भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक अबस्थामा पुगेको छ । बाजपेयीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह अस्पताल पुगेका छन् । ९ हप्तादेखि दिल्लीको एम्स अस्पतालमा उपचार गराइरहेका बाजपेयीको स्वाथ्य अबस्था बुधवारदेखि गम्भिर बनेको हो ।

 

स्वास्थ्य अबस्था गम्भिर बनेपछि लाइफ सपोर्ट सिस्टममा राखिएको एम्स अस्पतालले जनाएको छ । भारतीय इतिहाँसमा सवैभन्दा शक्तिशाली र बौद्धिक मानिएका बाजपेयी ९१ बर्ष पुगेका छन् । उनको जादुमय भाषण शैली अहिले पनि भारतभर चर्चा हुने गरेको छ । लामो समयदेखि सक्रिय राजनीतिबाट अलग भएका बाजपेयी पछिल्लो समय निकै विरामी थिए ।

 

 

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छन् । गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन् । निष्ठावान राजनीतिज्ञ ९३ वर्षीय बाजपेयीलाई मृगौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो । सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन छाडेका थिए ।

 

वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए ।

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन नेताका रुपमा चिनिन्छन् । तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय छ । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एक मात्र गैर कंग्रेसी नेता पनि हुन् । उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए ।

 

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजीनामा दिनु परेको थियो । उनी पुनः सन् १९९८ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए ।

 

दोस्रो पटक भने उनले पाँच वर्षे कार्यकाल पूरा गरे । यसअघि सन् १९७७ मा मोरारजी देसाई नेतृत्वको मन्त्रीमण्डलमा उनी परराष्ट्र मन्त्री थिए । बाजपेयीले दुई पटक नेपालको भ्रमण गरेका छन् । पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...