काबुलको ट्युसन सेन्टरमा आक्रमण, ४८ को ज्यान गयो



हाम्रो इकोनोमि

 

अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो ।

 

अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।

 

विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।

 

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

 

त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।

 

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्राेशमा उनीहरूले कैयनकाे ज्यान लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...