११ वर्षीय बालक बने ह्याकर, अमेरिकी निर्वाचन वेबसाइट यसरी गरेका थिए ह्याक



हाम्रो इकोनोमि

 

११ वर्षीय एक बालकले अमेरिकाको फ्लोरिडाको निर्वाचनको वेबसाइट ह्याक गरेका छन् । उनले १० मिनेटभित्रै सो साइट ह्याक गरिदिएका हुन् ।

 

उनले एक ह्याकर सम्मेलनको क्रममा आफ्नो कला देखाएका हुन् । अमेरिकाको निर्वाचनको विषयमा विभिन्न किसिमको आशंकाहरु उत्पन्न भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो ।

 

मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार यस किसिमको वेबसाइट गर्नसक्ने ३५ बालबालिकाहरुमध्ये उक्त बालकले सबैभन्दा छिटो सो वेबसाइट ह्याक गरेका हुन् । यो सम्मेलनमा ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरु सहभागी भएका थिए ।

यो सम्मेलन अमेरिकाको निर्वाचनको संरचनाहरुको परीक्षणको लागि आयोजना गरिएको थियो । यस विषयमा अमेरिकाको सम्बन्ध्ति निकायले भने यो कार्यक्रमको उद्देश्यको प्रशंसा गरेको छ । यद्यपि उसले यो परीक्षणको भन्दा थप केही सुरक्षा उक्त प्रणालीमा रहेको दाबी गरेको छ ।

 

अधिकारीहरुले अमेरिकाको यो प्रणाली ह्याक गर्न निकै कठिन रहेको बताएका हुन् । अमेरिकका राज्यहरुमा मध्यावधि निर्वाचनको तयारी भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । आगामी नोभेम्बर महिनामा अमेरिकाको निर्वाचनमा रुसको भूमिका महत्वपूर्ण हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी दिइरहेका छन् ।

 

उक्त आयोजनाका सहभागीहरुले पार्टीको नाम परिवर्तन गर्नुका साथै १२ अर्ब फर्जी भोटहरु देखाएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...