वरिष्ठलाई शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनाऊ डा. केसी



हाम्रो इकोनोमि

 

प्रा. डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् । दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

 

बैज्ञानिक र पारदर्शी विधि नबन्दासम्म र त्यसको कार्यान्वयनका लागि राजनीतिक नेतृत्व इमान्दार नहुँसदाम्म वरिष्ठताका आधारमा अस्पतालको कार्यकारी निर्देशक, चिकित्सा शिक्षा अध्ययन संस्थानको डीनलगायतका पदाधिकारी नियुक्त गर्नुको विकल्प नभएको डा. केसीले बताएका छन् ।

 

उनले कार्यकारी निर्देशकका लागि वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिस गर्न र उनीहरुमध्ये एकलाई नियुक्त गर्न माग गरेका छन् । प्रा. डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कनिष्ठ तथा पार्टी कार्यकर्तालाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने हामीलाई स्वीकार्य हुने छैन ।’

 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महरा पदमुक्त भएपछि हाल उक्त पद रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...