वरिष्ठलाई शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनाऊ डा. केसी



हाम्रो इकोनोमि

 

प्रा. डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् । दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

 

बैज्ञानिक र पारदर्शी विधि नबन्दासम्म र त्यसको कार्यान्वयनका लागि राजनीतिक नेतृत्व इमान्दार नहुँसदाम्म वरिष्ठताका आधारमा अस्पतालको कार्यकारी निर्देशक, चिकित्सा शिक्षा अध्ययन संस्थानको डीनलगायतका पदाधिकारी नियुक्त गर्नुको विकल्प नभएको डा. केसीले बताएका छन् ।

 

उनले कार्यकारी निर्देशकका लागि वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिस गर्न र उनीहरुमध्ये एकलाई नियुक्त गर्न माग गरेका छन् । प्रा. डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कनिष्ठ तथा पार्टी कार्यकर्तालाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने हामीलाई स्वीकार्य हुने छैन ।’

 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महरा पदमुक्त भएपछि हाल उक्त पद रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...