हेलिकप्टर दुर्घटनामा १३ पर्वतारोहीको मृत्यु



हाम्रो इकोनोमि

 

 

ताजिकिस्तानको पर्वतीय क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १३ पर्वतारोही र चालक दलका तीन जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।

 

सो दुर्घटना आइतबार स्थानीय समयानुसार अपराह्ण ५ः३० बजे भएको बताइएको छ । उनीहरूको मृत्यु भएको आशंका व्यक्त गरिएको छ ।

 

रुसी समाचार संस्थाहरूका अनुसार फोर्टाम्बेक हिमताल भएको इस्मोइली सोमोनी पर्वतको आधार शिविरबाट ती पर्वतारोहीहरू सो हेलिकप्टरमा चढेका थिए । समाचार संस्था एफएफपीका अनुसार खोजी तथा उद्धारका लागि दुईवटा हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएका छन् । अधिकांश पर्वतारोहीहरू रुसी भएको विश्वास गरिएको छ ।

 

सात हजार चार सय ९५ मिटर अग्लो इस्मोइली सोमोनी ताजिकिस्तानको सर्वोच्च शिखर र एउटा प्रमुख पर्यटकीय आकर्षण हो ।ताजिकिस्तान सोभियत संघमा हुँदा सो पर्वतलाई ‘कम्युनिजम पिक’ अर्थात् ‘साम्यवादी शिखर’ भनिन्थ्यो । सन् १९९८ मा दशौँ शताब्दीका ताजिक राष्ट्रनायकको स्मृतिमा यसको नयाँ नामकरण गरियो । यो ‘संसारको छानो’ का रूपमा वर्णित पामिर पर्वतमालामा पर्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...