मलेसियाले दियो चीनलाई धक्का, अर्बौं डलरको पूर्वाधार परियोजना रद्द



हाम्रो इकोनोमि

 

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन्  । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन् ।

 

एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताए । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गरेका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

 

महाथिरले भने, “म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।”

 

पूर्व प्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनियाँ लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिएका छन् । “मेरो विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन् । ती परियोजना उपयुक्त पनि होइनन् । त्यसर्थ हामीले सकेसम्म ती दुवै परियोजना रोक्नेछौं ।”

 

नजिबले मलेसियालाई चीनको निकटमा राखेका थिए । चीनले मलेसियालाई पनि चीनको महत्वाकाँक्षी “वान बेल्ट वान रोड” (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गरेका थिए ।

 

चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ ।

 

यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र “आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,” महाथिरले भने।

 

महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताए  । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ ।

 

चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनियाँ जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइआएका छन् ।

 

प्रधानमन्त्री महाथिरले म्यान्मारले रोहिङ्ग्या समुदायमाथि गरेको अमानवीय व्यवहारको कटु आलोचना गरे । “उनीहरुले जे गरिरहेका छन् त्यो बिल्कुलै अक्षम्य हो । त्यहाँ मानिसहरुको खुलेआम हत्या भइरहेको छ, र त्यो एउटा सभ्य मुलुकले गर्न सुहाउने काम होइन,” उनले भने।

 

मुस्लिम मलेसियाले विगतमा रोहिङ्ग्या समुदायको पक्षमा जोडदार आवाज उठाएको छ । गत वर्ष लाखौं रोहिङ्ग्या समुदाय म्यान्मारको दमनबाट बच्न भागेर बंगलादेश प्रवेश गरेका थिए । मलेसियाको सरकारले रोहिङ्ग्या समुदायको विस्थापन म्यान्मारको मात्र विषय नरहेको जनाइसकेको छ ।

 

महाथिरले भने, “म्यान्मारकी नेतृ आङ सान सू कीले रोहिङ्ग्यामाथि भएको अत्याचार रोक्न नसकेकोमा म असाध्यै दुःखी भएको छु । रोहिङ्ग्या समुदायमाथि अत्याचार हुँदा उनि नै सरकारमा छन् । यो न्याय र मानवअधिकारको प्रश्न हो । तपाईंलाई जथाभावी यस्तो गर्ने छुट छैन ।”

 

अरु थप रोहिङ्ग्या शरणार्थी मलेसियाले स्वीकार्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री महाथिरले यसअघि नै ठूलो संख्यामा कानुनी र कागजातविहीन विदेशी व्यक्तिहरु रहेकाले अहिल्यै भन्न नसकिने बताए । एपी

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...