वीर अस्पतालको उपकुलपति सिफारिस गर्न छलफल शुरु, को – को छन् डौडमा



हाम्रो इकोनोमि

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ ।

 

प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओली बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए । समितिमा विज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

 

समितिको शुक्रवार अनौपचारिक छलफल भए पनि उपकुलपति सिफारिसबारे कुनै निर्णय नभएको स्वास्थ्यमन्त्री यादवले बताए । स्रोतका अनुसार उपकुलपतिका दाबेदारहरुको बारेमा छलफल भए पनि व्यक्ति औपचारिक बैठकमा मात्रै व्यक्ति केन्द्रित छलफल हुनेछ ।

 

न्याम्सको उपकुलपतिका लागि डा.भगवान कोइराला, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम छलफलमा आएको छ । प्रधानमन्त्री तथा नेकपाको तर्फबाट जागेश्वर र भगवानको नाम अघि सारिएको छ । स्वास्थ्यमन्त्री यादवको लिष्टमा सीताराम चौधरी र डिएन शाह रहेको स्रोतको दावी छ ।

 

यसैबीच वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरुले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । यसो हुँदा डा. भगवान कोइरालालगायतलाई रोक्न सकिनेछ । त्यसो त डिएन शाह पनि न्याम्सभन्दा बाहिरका हुन् ।

 

न्याम्सको रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दीलिप शर्मा छन् ।

 

वीर अस्पतालको निर्देशकमा डा. भुपेन्द्र बस्नेतलाई निरन्तरता दिन लागिएको स्रोतले जनाएको छ । न्याम्सका उपकुलपति डा। गणेश गुरुङसहित पदाधिकारीले बिहीबारबाट अवकाश पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...