गृहमन्त्रीले पूर्व मन्त्री प्रकाण्डलाई हतकडी लगाउनुको कारण यसरी खोले



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे ।

 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

 

सशस्त्र द्धन्दको १० बर्षसम्म एउटै मोर्चामा भुमिगत भएर तत्कालिन सत्तासँग लडेका तत्कालिन माओवादीहरु अहिले फरक फरक भुमिकामा फरक फरक मोर्चामा एक अर्काविरुद्ध उभिने अवस्थामा पुगेका छन्।

 

यो पक्राउसँगै केपी ओली र प्रचण्डले नेतृत्व गरेको सत्तारुढ नेकपा विरुद्ध विप्लवको नेतृत्वको अर्धुमिगत भएको नेकपा आक्रामक हुने देखिएको छ।

\

केपी ( प्रचण्डको फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी समेत दिएका छन्।

 

२०६८ सालमा झलनाथ खनालको प्रधानमन्त्रीकालमा विश्वकर्मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए।उनलाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ पनि पक्राउ परेका छन्। मंगलबार मात्रै नेकपाका अर्का केन्द्रीय नेता आजाद केसीलाई भक्तपुरको डेराबाटै पक्राउ गरिएको थियो ।

 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड काठमाडौंबाट पक्राउ गरेकोमा महासचिव विप्लवले भत्सर्ना गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको गिरफ्तारीको भत्सर्ना गरेका हुन्।

 

साथै भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताए । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उनको भनाई थियो । “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ,” मन्त्री थापाले भने।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...