नेकपाले पार्टीभित्रै क–कसलाई लगायो लगाम ? के–के गर्‍याे निर्णय ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले संघ, प्रदेश र स्थानीय तहको नेतृत्व गर्नेहरुलाई पार्टी मातहतका महत्वपूर्ण संठन वा विभागको मूख्य पद नदिने भएको छ ।

 

पार्टी सचिवालयको बैठकले संघीय संसद र प्रादेश सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ ।

 

यस्तै, सचिवालयले सांगठनिक एकीकरण सहज बनाउन भन्दै संघीय मन्त्री र प्रदेशका मन्त्रीहरु, प्रादेशीक दल नेता र उपनेता, संघीय र प्रदेश सभाका प्रमुख सचेतक, मूख्य सचेतक वा सचेतक, संसदीय समितिका सभापतिहरु र महानगरपालिकासहित  नगरपालिकाका मेयर, उपमेयरहरु, जिल्ला समन्वय समितिका संयोजक र सह–संयोजकहरु तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कुनै पनि स्तरको कार्यकारी पदमा अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ ।

 

बैठकमा सहभागि नेता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश स्तरमा, जिल्ला स्तरमा, ग्रामिण स्तरमा सांगठनिक एकीकरणको लागि सुझाव प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेका थियौँ र कार्यदललाई शुक्रबारसम्मको समय दिईएको थियो, प्रतिवेदन बुझाउन । त्यसको कार्यावधि बढाएर साउन मसान्तसम्ममा प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय सचिवालयले गरेको छ ।

 

यस्तै, सबै कार्यदलहरुलाई एउटा अर्को कार्यादेश पनि दिईएको छ । नेता श्रेष्ठले भने, ‘अब तिनै कार्यदलहरुले केन्द्रीय सल्लाहकार राष्ट्रिय परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग र विभागहरुमा राख्ने सदस्यहरुको नामसहित सुझाव सिफारिस गर्न निर्देशन दिईएको छ ।’

 

कार्यदल गठन
विधान र नियमावली पारित भईसकेपनि अझ व्यवस्थित रुपमा संगठन सञ्चालनका लागि अघि बढाउने क्रममा विभिन्न विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनको लागि एउटा कार्यदल गठन गरिएको छ । त्यो कार्यदलमा सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दन शर्मा र वेदुराम भूषाललाई समावेश गरिएको नेता श्रेष्ठले बताए ।

यस्तै, सचिवालयले भदौ ८ र ९ गतेका लागि स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ । चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा सेप्टेम्बर १२ देखि १९ गतेसम्म एक हप्ताको भ्रमणमा प्रतिनिधिमण्डल पठाउने निर्णय समेत सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...