८३ लाख नक्कली नेपाली रुपैया सहित चार जना भारतीय पक्राउ



हाम्रो इकोनोमि

 

ठुठीबारी–महेशपुर सीमाबाट  ८३ लाख नक्कली नेपाली  रुपैया सहित चार जना युवक पक्राउ परेका छन् ।

 

भारतको महराजगंज जिल्लाको सीमावर्ती बजार ठुठीबारी सीमामा भारतबाट नेपाल भित्र्याउँदै गरेको नेपाली र भारतीयसमेत गरी करिब ८४ लाख नक्कली रुपिया नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सिमावर्ती बजार ठुठीबारी सीमा नेपालको नवलपरासीको महेशपुर सीमासंग जोडिएको नाका हो ।

 

ठुठीबारी–महेसपुर सीमामा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार नक्कली रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भारतीय सीमा सुरक्षा एवं खुफिया एजेन्सीले जानकारी दिएको छ ।

 

पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भएपछि बुधबार विहान जनपद प्रहरी र एसएसबीले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरु माथि निगरानी बढाएको थियो । बुधबार विहानकै समयमा रुपैयाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागज बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको थियो ।

 

भारी नगद रुपैया सहित पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको भन्दै उनीहरुमागि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...