८३ लाख नक्कली नेपाली रुपैया सहित चार जना भारतीय पक्राउ



हाम्रो इकोनोमि

 

ठुठीबारी–महेशपुर सीमाबाट  ८३ लाख नक्कली नेपाली  रुपैया सहित चार जना युवक पक्राउ परेका छन् ।

 

भारतको महराजगंज जिल्लाको सीमावर्ती बजार ठुठीबारी सीमामा भारतबाट नेपाल भित्र्याउँदै गरेको नेपाली र भारतीयसमेत गरी करिब ८४ लाख नक्कली रुपिया नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको सिमावर्ती बजार ठुठीबारी सीमा नेपालको नवलपरासीको महेशपुर सीमासंग जोडिएको नाका हो ।

 

ठुठीबारी–महेसपुर सीमामा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार नक्कली रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भारतीय सीमा सुरक्षा एवं खुफिया एजेन्सीले जानकारी दिएको छ ।

 

पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भएपछि बुधबार विहान जनपद प्रहरी र एसएसबीले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरु माथि निगरानी बढाएको थियो । बुधबार विहानकै समयमा रुपैयाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागज बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको थियो ।

 

भारी नगद रुपैया सहित पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको भन्दै उनीहरुमागि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...