राष्ट्रिय परीक्षा बोर्डमा बदमासी स् कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो



हाम्रो इकोनोमि

 

राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा गरेर उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।

बोर्डका कर्मचारीको सहयोगमा डिएभी सुशील केडिया स्कुलकी एक छात्राको पाँच विषयको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट बाहिर लगेर नयाँ उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।

विज्ञान विषयको फिजिक्स, केमेस्ट्रि, म्याथ, जुलोजी र बोट्नी विषयको कोडिङ र डिकोडिङ भएको उत्तरपुस्तिका कार्यालयबाट लगेर लेखाएर कार्यालयमै ल्याइएको थियो । उत्तरपुस्तिकाको बाहिरको कभर परिवर्तन गरी पाँच विषयको उत्तर बाहिरबाट लेखाएर ल्याइएको थियो ।

अनुसन्धान गर्दै प्रहरी

परीक्षा बोर्डमा पुगिसकेको उत्तरपुस्तिका घरमा ल्याएर त्यसको बाहिरी कभरबाहेक अरु परिवर्तन गरी पुन उत्तर लेखेर कार्यलयमा पु¥याएको यस घटनाको ललितपुर प्रहरीले छानविन गरिरहेको छ । महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले घटनाको अनुसन्धान भइरहेको बताए । उनले तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले भने–‘३ जना विरुद्ध मुद्दा चलिरहेको छ, उनीहरु अहिले धरौटीमा रिहा भएका छन् । यसमा अरुको पनि संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

कार्यालयमा आइसकेको उत्तरपुस्तिका बाहिर लगेर लेखाइएको सूचना आएपछि बार्ड बैठकले नै प्रहरीलाई छानविन गर्न जिम्मा लगाएको थियो । बोर्डका पदाधिकारीले उत्तरपुस्तिका काण्डबारेमा जानकारी पाएपछि केही समय अघि तत्कालिन परीक्षा नियन्त्रक डम्बर बतासलाई परीक्षा नियन्त्रकबाट सरुवा गरेको छ । बोर्डका एक कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने तत्कालिन परीक्षा नियन्त्रक बतासको लापरबाही देखिएको भन्दै बयान लिएको छ । स्रोतका अनुसार केहि अन्य अभियुक्तहरु फरार रहेका छन् ।

यसरी भएको थियो घटना
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरीले परीक्षक र अभियुक्तको नाम खुलाएको छैन । ती परीक्षार्थीको उत्तर पुस्तिका अरु विद्यार्थीको भन्दा फरक देखेर कार्यालयमा रिपोर्ट गरेपछि बोर्डले छानविन समिति गठन गरेको थियो ।

ति विद्यार्थीको अङ्ग्रेजी बाहेक सबै उत्तरपुस्तिका शंकास्पद पाइएपछि छानविन समितिले सम्बन्धीत विद्यार्थीलाई बोलाएर सोधपुछ पनि गरेको थियो । विद्यार्थीको बयानले शंकास्पद बनाइरहेका बेला विद्यार्थीले कपीमा नलेखिकन छोडेको र पछि अरुले लेखिदिएको बयान दिएपछि झनै संकास्पद भएको बोर्डका एक कर्मचारीले बताए । ती विद्यार्थीको रिजल्ट पनि रद्ध भएको छ । बोर्डले छानविनका लागि प्रहरीलाई जिम्मा लगाएको छ । ती विद्यार्थीले कक्षा ११ को परीक्षा पुनः दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...