काश्मिरमा मेजर सहित ४ जना भारतीय सेनाको मृत्यु



हाम्रो इकोनोमि

 

भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन्।

 

गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए। ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको थियो भने बाँकी फरार भएका थिए। भारत–पाकिस्तान सीमाको लाइन–अफ–कन्ट्रोलमा यो घटना भएको हो।

 

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताए। उनले भारततर्फ पाकिस्तानीहरुको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राखे। “पाकिस्तानले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ भने यस्तो घुसपैठ तत्काल रोक्नु पर्दछ,” उनले भने। एएनआई

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...