सुनसान छ निशान पढ्ने स्कूल : त्रासमा साथीहरू, भन्छन्– कहिल्यै झगडा गर्दैनथ्यो [भिडियोसहित]



हाम्रो इकोनोमि

मंगलबार बिहानको ११ बजे ।

स्थान– हाइल्यान्ड स्कूल पुरानो सिनामंगल । अन्य दिन चहलपहल हुने यस स्कूलमा मंगलबार सन्नाटा थियो ।

केही शिक्षक र विद्यार्थी त थिए, तर सबै शोकमा ।

यही स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय बालक निशान खड्काको अपहरण र हत्याको शोकमा विद्यालय विदा भयो ।

बिहान १० बजे विद्यालय परिवारले निशानको फोटोमा पुष्प गुच्छा चढाएर श्राद्धाञ्जली दिए । त्यसपछि अधिकांश घर फर्किए ।

विद्यालय परिसरमै बाँकी रहेका विद्यार्थीहरू त्रसित देखिन्थे ।

स्कूल विदा भएपनि ‘क्लास टिचर’ जानकी जोशी स्कूल परिसरमै भेटिइन् । ‘निशान ज्ञानी विद्यार्थी थियो । जहिले पनि होमवर्क गरेर आउँथ्यो,’ दुःखी हुँदै जोशीले भनिन्, ‘उसको हत्या भयो भन्ने कुरा अहिले पनि पत्यार लागेको छैन ।’

स्कूलबाहिर निशानसँगै पढ्ने दुई साथी पनि भेटिए– दीप श्रेष्ठ र प्रदीप थापा । प्रदीप निशानका सबैभन्दा नजिकका साथी रहेछन् । उनीहरू सँगसँगै स्कुल जाने आउने गर्थे ।

निशानको हत्याले प्रदीपलाई निकै ठूलो चोट परेको छ । उनी एक्लो महसुस गरिरहेका छन् । निशानलाई सम्झिँदै उनी भन्छन्– ‘त्यो कुरा थाहा पाए पछि म रोएँ ।’

प्रदीपले भावुक हुँदै थपे– ‘निशान मेरो मिल्ने साथी थियो । हामी सँगै कक्षामा बस्ने, खाजा खाने, खेल्ने र होमवर्क गर्ने गर्थ्यौं । ऊ कहिले पनि झगडा गर्दैनथ्यो ।’

निशानको अाइतबार बेलुका अपहरणपछि हत्या भएको थियो । उनको शव सोमवार बिहान भक्तपुरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

उनको अपहरण र हत्यामा संलग्न रहेको आरोप लागेका दुई जना प्रहरी कारवाहीमा मारिएका छन् ।

नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको सोमबार नै प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

निशानकी आमा चमेली खड्का काँडाघारीमा चिया खाजा पाइने सानो होटल चलाउँछिन् । बुवा वैदेशिक रोजगारीको शिलशीलामा मलेसियामा छन् ।

निशानको अपहरण र हत्यापछि उनको परिवार र विद्यालय मात्र होइन देशैभर शोक छाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...