रामभक्त जोजिजूको ‘मनको ढोका’ सार्वजनिक (भिडियोसहित)



हाम्रो इकोनोमि

काठमाडौं : सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजू आफ्नो नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका….’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् ।

सोमबारनै यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।

निकेश खड्काद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षँ राउतले अभिनयमा साथ दिएकी छिन् ।

काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...