सूचक घट्यो, कारोबार बढ्यो



हाम्रो इकोनोमि

शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ ।

आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा भने बढी हो ।

आइतबार शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ र सोमबार रु १९ करोड १७ लाख ४८ लाख १२० बराबरको खरीद बिक्री भएको थियो । स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य समूह २.४१ रहेका छन् । बैंकिङ ०.७७, विकास बैंक १.३१, जलविद्युत् ४.९६, वित्त क्षेत्र ४.०३, उत्पादन २४.४२, माइक्रोफाइनान्स १०.८१ र जीवन बीमा समूहको शेयर ३८.८३ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...