बिवाद बढेपछि मन बिनाको धन ठुलो गीतको अधिकार लिए जय किशनले (भिडियो सहित)



 

 

पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको मन बिनाको धन ठुलो कि धन बिनाको मन गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र धूम ३ मा समाबेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो ।

 

मन बिनाको धन ठुलो गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जय किशन बस्नेतसँग पनि बुढाथोकीको दुरी बढेको छ ।

 

करीब साढे दुई दर्जनको संख्यामा निरन्तर आफ्ना चलचित्रमा बुढाथोकीलाई संगीतकारमा लिई रहेका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र धूम ३ मा पनि उनलाई नै लिएका थिए । बुढाथोकीकै संगीत र स्वर समेत रहेको धूम ३ मा समावेश गरिएको तिम्रो हेराईले यो मनलाई बोलको गीत सार्वजनिक भएको दुई दिनमै २ लाख भन्दा बढी प्राकृतिक दर्शक पाएर चर्चामा समेत छ ।

श्रृजना भनेको सन्तान सरह हो अनि जस्तोसुकै कुरुप भए पनि आफ्नो सन्तानको माया लाग्छ । त्यसरी नै आफ्नो संगीत र स्वर रहेको यो गीतलाई पनि टंक बुढाथोकीले माया गर्नु पर्ने हो तर बजारमा ब्यापक चर्चामा आई सक्दा पनि बुढाथोकीले यो गीतलाई थोरै पनि प्राथमिकतामा नराखे पछि बुढाथोकी र बस्नेतको दुरी बढ्न थालेको चर्चा चलचित्र नगरीमा चुलिएको छ ।

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारको रुपमा गनिएका बुढाथोकी युट्युवमा भाईरल बाल गायक अशोक दर्जीसँग जोडिए पछि जय किशन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग आजकाल चिया पसलहरुमा पनि उठि रहेको सुनिन्छ ।

यस्तो बिवादका बीच जय किशन बस्नेतले मन बिनाको धन ठूलो कि धन बिनाको मन बोलको गीतको अधिकार लिएको कुरा सार्वजनिक भएपछि दुई जनाबीचको बिवाद बढेको हो कि झन् मित्रता झाँगिएको हो भन्ने दोधारे हल्ला पनि बजारमा सुनिदै आएको छ । यस बारेमा नायक जय किशन बस्नेतसँग जिज्ञासा राख्दा उक्त गीतको अधिकार आफुसँग भएकोले २ दिनभित्र छायाँकन गरी चलचित्र धूम ३ मा समावेश गर्न लागेको बताए ।

टंक बुढाथोकीले चलचित्रको लागी गीतको अधिकार दिन्छन् त भनी अर्को प्रश्न गर्दा आफुसँग पूर्ण अधिकार भएको यस गीत र टंक बुढाथोकी बिचमा कुनै लेनदेन नरहेको प्रस्ट पारे ।

आफ्नो सम्पूर्ण ध्यान असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको धूम ३ मा भएकोले झिना मसिना कुरामा आफु नअल्झिने भनाई बस्नेतको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं