होण्डाका कारमा देखियो समस्या, चीनबाट १ लाख कारहरु फिर्ता हुने



 

जापानी कार निर्माता कम्पनीका केही कारहरुमा समस्या देखिएको छ। कम्पनीका कारको इन्जिनले चिसो मौसकमा राम्रोसँग कार नगर्ने पाइएको हो।  यो समस्या देखिएसँगै होण्डाले सोमबार आफ्ना थप एक लाखको हाराहारीमा अाफ्ना कारहरु फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो एसयूभी मोडलका कारहरु चीनबाट फिर्ता गर्ने निर्णय गरेको हो।

 

यस वर्षको सुरुवातमा पनि कम्पनीका सवारीहरुमा देखिएको समस्याको कारण उल्लेख्य मात्रामा सवारीहरु फिर्ता गर्ने निर्णय गरेको थियो। होण्डा कम्पनीले उत्पादन गर्दै आएको महत्वपूर्ण उत्पादनमध्येको एक मानिएको यो उत्पादनमा भारी मात्रामा खराबीहरु देखिएको हो।

 

इन्जिनमा देखिएको खराबीहरुको कारण सो उत्पादनहरु फिर्ता गर्ने निर्णयमा कम्पनी पुगेको हो। सवारीमा देखिएको समस्याको कारण इन्जिनबाट पनि अध्याधिक नमिठो गन्ध आउने गरेको बताइएको छ। यद्यपि उक्त सम्याले इन्जिनको क्षमतामा कुनै किसिमको असर नगर्ने बताइएको छ।

 

कम्पनीका सवारीहरुमा देखिएको यस किसिमको खराबीले हालसम्म कतैपनि दुर्घटना नभएको बताइएको छ। २०१८ को सुरुवातमा कम्पनीको इन्जिनको विषयमा देखिएको खराबीको कारण कम्पनीको टोकियोमा रहेको मुख्यालयले एक लाख ३० हजार सीआर–भी एसयूभी मोडलका र दुई लाख ९४ हजार सीभिक मोडलकाहरु कारहरु चीनको बजारबाट फिर्ता गरिसकेको छ। अहिले कम्पनीले होण्डाका कारहरुको विषयमा पनि कम्पनीले अनुसन्धान गरिरहेको छ।

 

अन्य कारहरुमा पनि सोही किसिमको समस्या छ वा छैन भन्ने विषयमा अहिले अनुसन्धान जारी रहेको हो। साथै कम्पनी यस विषयमा सम्झौताको लागि अघि बढिरहेको छ। पछिल्लो समय देखिएको सुरक्षाको विषयले पनि होण्डाको चीनको व्यापारमा व्यापक गिरावट आइसकेको छ।

 

गएको जुलाई महिनामा उसको व्यापार चीनमा लगातार छ महिनामा गिरावट आइसकेको कम्पनीले जनाएको छ। यो समस्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात दशमलव ८ प्रतिशतको गिरावट आइसकेको हो।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न