मिश्रको इजलासमा एउटै चोरका ३१ वटा मुद्दा



 

एउटा व्यक्तिले कति ठाउँमा चोरी गर्न सक्छरु व्यावसायिक मानिएकै चोरले पनि १०र१२ ठाउँमा चोरी गरिसक्दा कारबाहीमा परिसक्छ। १०र१२ ठाउँमै चोरी गर्दा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाइसकेको हुन्छ।

तर, एउटै व्यक्तिले ३१ ठाउँमा चोरी गर्न सक्दो रहेछ। चोर पक्राउ परेपछि प्रहरीमा ३१ वटा जाहेरी दर्ता भई ३१ वटै अभियोजन तयार भएर मुद्दा चलेको फेला परेको छ।

दुई तहबाट निर्णय भइसकेको उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ। ३१ ठाउँमा चोरी गरेर जिल्ला तथा उच्च अदालतमा मुद्दा हारेका आयुष भन्ने नारायण श्रेष्ठ मुद्दा दोहार्‍याई पाऊँ भन्दै सर्वोच्च अदालत पुगेका छन्। जिल्ला तहमै मुद्दा दर्ता भएसँगै थुनामा रहेका उनी अहिले पनि थुनामै छन्। तर, उनले जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म मुद्दा ल्याएका छन्। मंगलबारका लागि तोकिएको पेशीमा श्रेष्ठको मुद्दा पनि चढेको छ।

कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा उनको मुद्दा सुनुवाइ भइरहेको छ। हाल थुनामा रहेका श्रेष्ठ दुई तहका जिल्लामा मुद्दा हारेपछि सर्वोच्चसम्मै आइपुगेका हुन्। ‘चोर पक्राउ परेपछि धेरैवटा जाहेरी दर्ता भएको हुन सक्छ, प्रत्येक जाहेरीको फरक( फरक अभियोजन बनाउनुपर्ने हुन्छ,’ सर्वोच्च अदालतका एक कर्मचारीले भने, ‘त्यहीअनुसार मुद्दा पनि फरक(फरक दर्ता भएका हुन्।’ एकै समयमा एकै प्रकृतिका फरक(फरक मुद्दा दर्ता भएमा ती मुद्दाहरूको निपटारा एकैपटक गर्ने अदालती प्रचलन रहेको हुन्छ।

‘यो मुद्दाका झगडिया जिल्ला र उच्च अदालतमा मुद्दा हारेर दोहोर्‍याइ पाऊँ भन्ने निवेदन लिएर आएका हुन्,’ उनले भने, ‘बेञ्चबाट निस्सा पाएमा मुद्दा दर्ता भएर अघि बढ्छ, निस्सा नपाएमा उच्च अदालतकै आदेश सदर हुन्छ।’ उनले यस्ता मुद्दाहरू सर्वोच्च अदालतमा समय समयमा आइरहने समेत बताए। श्रेष्ठले सर्वोच्चमा गत असार ६ गते मुद्दा दोहार्‍याइ पाउँ भन्दै नेपाल सरकारलाई विपक्षी बनाएर ३१ वटा मुद्दा दर्ता गरेका छन्।

दोहोर्‍याईँ पाऊँ भनेर दर्ता भएका मुद्दा इजलाससमक्ष पेस गरिन्छ। इजलासले वादीको दाबीलाई मनासिब ठहर्‍याएमा मुद्दा अगाडि बढाउनको लागि निस्सा दिन सक्छ। इजलासले निस्सा नदिएमा भने उच्च अदालतकै आदेश सदर भएर जाने हो। सर्वोच्च अदालतका कर्मचारीले यो मुद्दाका बादीले थुनाको लगभग आधा समय बिताइसकेको हुन सक्ने बताए। थुनामा बस्नेभन्दा पनि चोरीबापतको क्षतिपूर्ति भर्ने रकम धेरै भएको कारणले पनि झगडियाले अदालती प्रक्रिया नछोडेको हुन सक्ने उनले बताए।

व्यक्तिवादी मुद्दाको तथ्य र बाँकी जानकारी असम्बन्धित व्यक्तिलाई दिन नमिल्ने कानुनी व्यवस्था भएको समेत उनले बताए। श्रेष्ठले जिल्ला र उच्च अदालतमा जबरजस्ती चोरी मुद्दा हारेका हुन्। हाल उनी त्यही चोरी मुद्दाको निस्सा पाऊँ भन्दै सर्वोच्च आएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न