मलेसियाले नेपाली कामदारमाथि लगाएको आर्थिक सिण्डिकेट हटायो, ठगी धन्दामा यसरी ब्रेक लगाए मन्त्री विष्टले



हाम्रो इकोनोमि

 

मलेसिया जाने नेपाली कामदारमाथि लगाइका विभिन्न आर्थिक सिण्डिकेट हटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट सफल भएका छन् ।

बैदेशिक रोजगारीका नाममा ठगी धन्दा बर्षौदेखि चल्दै आएको थियो । मन्त्री भएलगतै ठगी धन्दा हटाउने कदम चालेका बिष्टले आर्थिक सिण्डिकेट हटाउन मलेसिया सरकारलाई सहमत गराएका छन् ।

सोमवार मलेसियाका मानव संशाधन मन्त्री नेपाल आएका थिए । सरकारको बिशेष दूतका रुपमा नेपाल आएका मानव संसाधनमन्त्री आर्थिक सिण्डिकेट हटाउन तयार भएका छन् ।

मलेसिया जाने नेपाली कामदारहरु मेनपावरदेखि मेडिकल र भिषा प्रक्रियासम्म ठगिने गरेका थिए । मन्त्रिबिष्टले यो हटाउन मलेसियाका मन्त्री एम कुलासेगरनका दूतलाई आग्रह गरे । दुई मन्त्रीबीच झण्डै दुई घण्टा गोप्य छलफल भएको स्रोतले जनाएको छ । मलेसियामा नेपाली कामदार जान बन्द भएपछि मलेसिया सरकार पनि दवावमा परेको थियो ।

 

उच्च अधिकारीका अनुसार मन्त्री कुलासेगरनका दूतले श्रम मन्त्री विष्टसँग नेपाली कामदार रोकिएको विषयमा मलेसिया सरकार गम्भीर भएको भन्दै उक्त समस्या सरकारीस्तरबाट तत्काल सुल्झाउन आग्रह गरे। मन्त्री बिष्ट नेपाल सरकार सरकारीस्तरमा दोहोरो श्रम सम्झौता गरेर मात्र कामदार आपूर्ति गर्ने पक्षमा छन् । मन्त्री बिष्टको प्रस्तावलाई मलेसिया सरकार सहमत भएको छ ।

मलेसिया सरकार सरकारी तबरबाट कामदार लिने विषयमा केही दिनभित्रै टुंगो लगाउने विशेष दूतले बताएका छन् । यसअघि विभिन्न कम्पनीले कामदार लिने गरेका थिए । श्रम मन्त्रालयले २ जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ६ वटा संस्था बन्द गर्ने निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया रोकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...