पृथ्वीको तापक्रम घातक अवस्थामा, मानव जाती नै संकटमा



हाम्रो इकोनोमि

 

पृथ्वीको तापक्रम घातक अवस्थामा पुगेको एक विवरणले देखाएको छ । तापक्रम घटाउनका लागि अहिले विश्वव्यापीरुपमा विभिन्न किसिमका कदमहरु चालिएका भए पनि तापक्रम घातक अवस्थामा पुगेको एक अध्ययनले देखाएको हो ।

 

अनुसन्धानकर्ताहरुले अबको केही समयमा नै पृथ्वीको तापक्रमले अत्यधिक विन्दु पार गर्ने बताएका छन् । जसको कारण समुद्री सतह बढ्ने खतरा रहेको उनीहरुले बताएका हुन् । सम्झौताअनुसार विश्वका मुलुकहरुले कार्बनडाइअक्साइडलाई नियन्त्रणमा राख्न सके पनि यो तापक्रमलाई तल्लो विन्दुमा ल्याउन निकै कठिन रहेको उनीहरुको भनाइ छ ।

 

यदि वार्षिक हिसाबमा २ डिग्री सेल्सियसले तापक्रम बढ्दा पनि पृथ्वीको तापक्रम केही समयमा नै अत्यधिक विन्दुभन्दा माथि पुग्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

 

यसअघि पेरिस सम्झाैतामा वार्षिक हिसाबमा २ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धि हुने गरी कार्बन डाइअक्साइडलाई नियन्त्रण गर्ने प्रतिबद्धता विश्वका मुलुकहरुले जनाएका थिए तर सम्झौताअनुसारको काम भने हुन नसकेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन् ।

 

अहिले गरिएको अनुसन्धानमा पृथ्वीको वायुमण्डलको तापक्रमलाई सन्तुलित अवस्थामा राख्नका लागि वार्षिक चार अर्ब ५० करोड टन बराबरको कार्बनडाइअक्साइड जंगल, समुद्र तथा अन्य प्राकृतिक चिजहरुले सोस्नुपर्ने हुन्छ ।

यद्यपि पछिल्लो समय व्यापक मात्रामा पृथ्वीको तापक्रम बढिरहेको अनुसन्धानले देखाएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...